नेकपा माओबादी केन्द्र, बागलुङ नगर क्षेत्रका वडा बैठक तथा भेलाहरु चलि रहेका छन । यसै क्रममा बानपा ८ सिंगानाको वडा बैठक तथा भेला लामिचौरमा शुक्रबार सम्पन्न भएको छ । सो भेलाले वडा समिति अध्यक्ष टोप बहादुर खड्काको संयोजकत्वमा १ सय १ सदस्यीय चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरेको वडा सचिव मन बहादुर नेपालीले जानकारी दिनु भयो ।
शुक्रबारको भेलाले बानपा ८ मा माओबादी केन्द्रका जनबर्गिय संगठनको रुपमा युवा परिचालन संयोजकमा हिमाल परियार, महिला संयोजक कल्पना परियार, दलित मुक्ति मोर्चा संयोजक तेजेन्द्र परियार, आर्थिक व्यवस्थापन संयोजक बम बहादुर नेपाली लगायतलाई जिम्मेवारी दिएको छ । यसै गरी आगामी स्थानीय तहको निर्वाचनका लागि ७ जनाले रुचि देखाउनु भएको नगर उपाध्यक्ष चित्र बहादुर सुवेदीले जानकारी दिनु भयो । नगर सदस्य राम बहादुर खड्का, गिता खड्का ,वडा समिति अध्यक्ष टोप बहादुर खड्का, सचिव मन बहादुर नेपाली, युवा नेता सज्जन कुमार सिं, वाइसिएल प्रदेस सदस्य शिव जिशी , चन्द्र बहादुर थापा र कल्पना परियार जनप्रतिनिधीमा रुचि देखाएका नेताहरु हुन ।
लामिचौरको भेलालाई प्रदेस सदस्यहरु कुमार क्षेत्रि, टिकाकुमारी बिक, जिल्ला सदस्य गगन पुन, नगर उपाध्यक्ष चित्र बहादुर सुवेदी, सचिव राजु खड्का, कोषाध्यक्ष धनमाया शर्मा, सदस्य गिता खड्का, वाइसिएल नगर अध्यक्ष राजु बि.क, प्रेस सेन्टर बागलुङ उपाध्यक्ष सज्जन कुमार सिं, वाइसिएल नगर सदस्य हिमाल परियार लगायतले शुभ कामना दिनु भएको थियो ।