राष्ट्रिय सम्पदाको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित

-


     कालिका दर्शन     
     चैत्र २५ गते २०७८ मा प्रकाशित


राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । यसअघि उनी समितिको महासचिव थिए । २५ औं साधारणसभा तथा १३ औं अधिवेशनले २ सदस्यपछि मनोनयन गर्ने गरी १३ सदस्यीय समिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निर्मला कोइराला, महासचिव ठाकुर बराल, सचिव विन्ध्यश्वरी बराल र कोषाध्यक्ष कमलप्रसाद न्यौपाने छन् । यस्तै, सदस्यमा श्रीराम आचार्य, विष्णुप्रसाद पौडेल, दिलीप दोषी, विष्णुप्रसाद तिमिल्सिना, त्रिभुवन बराल, मिलन प्रतीक, अर्जुन भण्डारी र रामप्रसाद आचार्य छन् ।

गोबिन्द पौडेल संयोजक र गीताकुमारी लामिछाने सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको सभामा वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले संस्थाले सम्पदा संरक्षणमा गरेको योगदान उल्लेखनीय रहेको बताएका थिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले महाकाली बचाऊदेखि आएकाले परिस्थिति अनुसार भूमिका निर्वाह गर्न आग्रह गरे । साधारणसभाले संस्थाको महासचिव सुनिल पाण्डेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुरप्रसाद बरालको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

राष्ट्रिय सम्पदा ०४८ मा महाकाली बचाउ अभियानबाट सुरु भएको हो । औपचारिक रुपमा ०६३ मा दर्ता भएको संस्थाले मानवअधिकार रक्षा, सीमा समस्या र सम्पदा संरक्षणका लागि खबरदारी गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले संस्थाको गरिमालाई अझ उचो बनाउने गरी कार्ययोजना बनाइने र उत्पन्न हुने परिस्थिति अनुसार भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘मानवअधिकार संरक्षण र सीमा समस्या समाधान र सम्पदा संरक्षणका लागि निरन्तर खबरदारी गर्छाैं । यो क्षेत्रमा क्रियाशील थप व्यक्तित्वलाई संस्थामा आवद्ध गराई सरोकारवालालाई समस्या समाधानका लागि दबाब सिर्जना गर्ने छौं ।’