नेपाल शिक्षक संघ कुस्मानगर कार्यसमितिको पदस्थापन ।

-


     कालिका दर्शन     
     चैत्र २६ गते २०७८ मा प्रकाशित


पर्वत,चैत्र २३ गते ।
नेपाल शिक्षक संघ कुस्मानगर कार्यसमितिको पदस्थापन आज भएको छ । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सभापति युवाराज जोशीले विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको नेतृत्वमा शिक्षामा सुधार हुने भन्दै सबैको सहकार्य अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निमार्ण गर्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गर्दै शिक्षक संघले सक्रात्मक सुझाव दिन अनुरोध गर्दै नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना दिनुभएको छ ।

सो कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा चुणमणी शर्मा,पार्टी सचिव गुप्तनिधि शर्मा,सहसचिव तिलक भूषाल, नेपाल शिक्षकसंघक प्रदेशप्रतिनिधि विनोद सुवेदी, नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष गोबिन्द पोखरेल,नेपाल शिक्षकसंघका जिल्ला सचिव यज्ञ बास्तोला लागयतले बोल्नुभएको थियो । यस्तै पदस्थापन गरिएका वर्तमान अध्यक्ष मिम शर्मा लामिछानेले कार्यकालभर शिक्षक र शिक्षाको बिकासमा काम गर्ने बताउनुभयो । नेपाल शिक्षकसंघ कुस्मानगरका निर्वतमान सभापति बालकृष्ण बास्तोलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा शिक्षकसंघ नगरसमितिका सचिव महेन्द्र जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन निर्वतमान सचिव तोय शर्माले गर्नुभएको थियो । मिम शर्मा लामिछानेको अध्यक्षतामा नेपाल शिक्षक कुस्मा नगरसमितिले ३१ सदस्य समेत चयन गरेको छ ।