जनआन्दोलन दिवसमा गणेशमानको स्मरण

-


     कालिका दर्शन     
     चैत्र २६ गते २०७८ मा प्रकाशित


३१ औं जनआन्दोलन दिवसका अवसरमा आज नेपाली कांग्रेस पर्वतले जनआन्दोलनका कमान्डर लौह पुरुष गणेश मान सिंहको तस्बिरकमा माल्यापर्ण गर्दै उहाँको योग्दानको चर्चा गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सभापति युवराज जोशीले गणेश मान सिंहको देनले प्रजातन्त्र स्थापना गर्न नेपाली काँग्रेस सफल भएको भन्दै उहाँले पार्टी निमार्णमा गरेको योग्दान अनुहरणयोग्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस उपसभापति डा चुणमणी शर्मा,पार्टी सचिव गुप्तनिधि शर्मा,सहसचिव तिलक भूषाल,कुस्मा नगर सभापति किशोर भण्डारीले सिंहको तस्बिरकमा माल्यापर्ण गरेका थिए ।