चैतेदशै मेला: प्रकाश सपुतले नचाय सांसद देखि बालक सम्म

-


     कालिका दर्शन     
     चैत्र २७ गते २०७८ मा प्रकाशित


केपि कुमार जलनर बागलुङ
बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्ग बजारदेखि दक्षिणतिर कालीगण्डकी र काठे खोलाको दोभान माथिको टापुमा वनभित्र कालिका भगवतीको मन्दिर अवस्थित छ , जहाँ प्रत्येक वर्षा चैतेदशै मेला लाग्ने गर्छ, कोरोना कहरको कारण २ बर्ष हुन नसकेको मेला यस वर्षा संचालन भएको छ , चैत्र २४ गते देखि २८ गते सम्म संचालन हुने मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारको जमघट भएको छ यसै क्रममा मेलाको तेस्रो दिन बागलुङ आईपुगेका चर्चित कलाकार प्रकाश सपुतले पिरका गित मात्र गायनन उनले सांसद बालक बृदा देखि युवा युवतिलाई रूवायनन मात्र नचाय पनि , शिर शिर चिसो मौसम रातको १० बजे सपुतको प्रस्तुति हेर्न पर्खाईमा बसेका आम दर्शक श्रोताहरूले सपुतको पिरमा मात्र हैन पञ्चेबाजामा समेत कम्मर मर्काई मर्काई नाचेर साथ दिय कार्यक्रम संचालक राजेश बर्देवाले सपुतलाई स्टेजमा आमन्त्रण गरेपछि दर्शकले हुटिङ संगै तालि पिटेका थिय जंगलको बिचमा झिलिमिलि चारैतिर उज्यालो प्रकाशले घेरियको कार्यक्रम स्थल दर्शकको भरि भराउ थियो , सपुतले शूरूवातमा पछिल्लो समय अत्याधिक रूचाईएको गित पिर बाट आफ्नो प्रस्तुति थालनि गरेका थिय
पिर, बोलमाया, यो देश मेरो।पनि हैनर जसता भावुक गितबाट आफ्नो प्रस्तुति राखेका सपुतले बिस्तारै दर्शकलाई मनोरञ्जन दियका थिय डाडाघरे साईला,कुरा बुझना पर्छ, पनचेबाजा माकुर माकुर घुर,गित प्रस्तुत गरेपछि सपुतलाई युवा युवतिले निकै साथ दियका थिय , रात बिस्तारै ढल्किदै थियो सपुतको गितमा भने दर्शकले समयको ख्याल गरेका थियनन कम्मर मर्काई मर्काई नाचेका थिय बागलुङको काठेखोला २ धम्जामा जन्मेका सपूत पछिल्लो समय स्टेज कार्यक्रममा निकै लोकप्रियता जमायका छन , कार्यक्रममा चर्चित कलाकार खेम सेन्चुरी, माण्डवि त्रिपाठी, थानेश्वर गौताम,रिता केसि, देबेन्द्र बव्लु लगायतका कलाकारले भरपुर मनोरञ्जन दियका थिय , कालिका भगवती गुठि ब्यबस्थापन समितिको आयोजनमा संचालित मेला २८ गते सम्म चल्ने छ ,