पैयुपाटामा माओबादी कार्यालय स्थापना, जनप्रतिनिधी हुन ७ जनाको रुचि

-


     कालिका दर्शन     
     चैत्र २७ गते २०७८ मा प्रकाशित


स्थानीय निर्वाचनको मिति नजिक आएसंगै राजनैतिक दलहरुको संक्रियता बढ्दै गैरहेको छ । यसै क्रममा सत्तारुढ घटक नेकपा माओबादी केन्द्र, बागलुङ नगरपालिका वार्ड नं. १३ पैयुपाटामा वडा पार्टी कार्यालय स्थापना गरिएको छ । सो पार्टीका जेष्ठ कम्युनिष्ठ मञ्चका सदस्य टिकाराम पाठकले आइतबार एक समारोहका बिच सो कार्यालय स्थापना भएको घोषणा गर्नु भयो । बानपा १३ मा पार्टी कार्यालय स्थापना पछी संगठन विस्तार, जनभेटघाट लगायतका कार्यमा सहयोग पुग्ने वडा समिति अध्यक्ष रेशम बहादुर केसीले बताउनु भयो ।
सो अवसरमा प्रदेस समिति सदस्य कुमार विक्रम क्षेत्रि, प्रदेस सल्लाहकार रुद्र शर्मा, जिल्ला सदस्य गगन पुन, नगर उपाध्यक्ष चित्र बहादुर सुवेदी, सचिव राजु खड्का, सह सचिव जिबन शर्मा, वाइसिएल नगर अध्यक्ष राजु बि.क सहित नगर समिति सदस्यहरु, वडा समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
यसै गरी पार्टी कार्यालय स्थापना पछी बसेको वडा समिति बैठकले अध्यक्ष रेशम बहादुर के.सीको संयोजकत्वमा ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । शोभाकर चपाईको संयोजकत्वमा शिक्षक समिति सहित पार्टीका जबज तथा मोर्चाका बिभिन्न समितिहरु गठन गरिएको वडा समिति अध्यक्ष के.सीले जानकारी दिनु भयो । सो बैठकमा प्रदेस सल्लाहकार रुद्र शर्मा, टिकाराम पाठक, वडा समिति अध्यक्ष केसी, सचिव भिम प्रसाद रेग्मी, बिवा नेपाली, सुनितदेवी शर्मा र दुर्गादेवी रखालले जनप्रतिनिधी हुनका लागि रुचि देखाउनु भएको बताइएको छ ।