नेकपा माओबादी केन्द्र, बानपा ११ रायडाडामा वडा पार्टीको बैठक आइतबार सम्पन्न भएको छ । अध्यक्ष सम्मर बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले थापाको अध्यक्षतामा २५ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । यसै गरी आगामी स्थानीय तहको निर्वाचनमा बानपा ११ बाट थापालाई वडा अध्यक्षमा उम्मेदवार बनाउने सो पार्टीले जनाएको छ ।
सो बैठकमा रायडाडा नगरपालिका भएर पनि बिकास निर्माण, रोजगार, उत्पादित बस्तुको बजारीकरण लगायत स्वास्थ्य, शिक्षा र पिउने पानी जस्ता आधारभूत सुविधाहरुबाट नागरिकहरु समस्यमा परेकाले पार्टी मार्फत प्रदेस तथा संघिय सरकारको आगामी बजेटमा योजना समावेश गर्न अनुरोध गर्ने तथा पार्टीका जबज तथा मोर्चाहरु गठन गरिएको वडा समिति अध्यक्ष थापाले जानकारी दिनु भयो ।
त्यस्तै बैठकमा प्रदेस सदस्य कुमार विक्रम क्षेत्रि, जिल्ला सदस्य गगन पुन, नगर उपाध्यक्ष चित्र बहादुर सुवेदी, सचिव राजु खड्का, सहसचिव जिबन शर्मा, वाइसिएल नगर अध्यक्ष राजु बि.क लगायतले पार्टीको रायडाडा समितिले गरेका संगठन विस्तार लगायतका कार्यहरुको उच्च मूल्याङ्कन गरेको र सो समितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।