नेपाली काँग्रेस पर्वतमा शिवशर्मा अधिकारी सहित ४ जना मनोनित ।

-


     कालिका दर्शन     
     चैत्र २८ गते २०७८ मा प्रकाशित


पर्वत । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले ४ जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । । नेपाली काँग्रेसको विद्यान २०१७ को परिच्छेद ३ दफा १२ को उपदफा ५ को ख मा व्यवस्था भए बमोजिम सभापतिले मनोनित गरेका हुन । मनोनित हुनेमा महाधिवेशन प्रतिनिधि कुस्मा नगरपालिका ९ का शिवशर्मा अधिकारी,फलेवास नगरपालिका ११ पर्वतका शेरबहादुर सुनार ‘जितबहादुर’ जलजला गाउँपालिका ९ का सोम पुन र कुस्मा नगरपालिका २ का सरस्वती शर्मा ‘जिज्ञासा’ हुन । एक विज्ञप्ति मार्फत उनीहरुलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।