माओबादी केन्द्र, बागलुङले शुरु गर-यो प्रतिबद्धता पत्र लेख्न

-


     कालिका दर्शन     
     चैत्र २८ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र, बागलुङ नगर समितिले आगामी स्थानीय चुनावलाई दृष्टिगत गरेर प्रतिबद्धता पत्र तयार गर्ने भएको छ । नगर समितिका उपाध्यक्ष चित्र बहादुर सुवेदीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेस समिति सल्लाहकार बद्रि प्रसाद शर्माको संयोजकत्वमा प्रदेस सदस्य टिका विश्वकर्मा र मुकेशचन्द्र राजभण्डारी सदस्य रहेको ३ सदस्यीय समिति गठन गरेको छ ।
यसै गरी बैठकले नगर समितिको इन्चार्ज एवं चुनाव कमाण्डर यज्ञबल्लभ शर्मा विद्रोहको संयोजकत्वमा ५ सय १ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । समितिमा नगर समितिका सम्पूर्ण सदस्यहरु, सल्लाहकारहरु, वडा समितिका सम्पूर्ण पदाधिकारीहरु, टोल तथा शेल समितिका प्रतिनिधीहरु, जेष्ठ कम्युनिष्ठ मन्च सहित जबज, मोर्चाका पदाधिकारी, पार्टीका शुभेच्छुक तथा सहयोगी समेत चुनाव परिचालन समितिमा रहनु भएको छ ।
साथै पार्टीको नीति अनुसार गठबन्धन दलहरुसंग वार्ता गर्नको लागि नगर इन्चार्ज, नगर अध्यक्ष र सचिव रहेको ३ सदस्यीय वार्ता समिति समेत गठन गरेको नगर इन्चार्ज विद्रोहले जानकारी दिनु भयो ।