दर्शकको रोजाईमा खेम सेञ्चुरी , बढना थाल्यो मेला महोत्सबमा ब्यस्तता

-


     कालिका दर्शन     
     चैत्र २९ गते २०७८ मा प्रकाशित


केपि कुमार जलनर बागलुङ
हरेक सफलताको पछाडि असफलता, संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ ।कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् र त्यो सपना पुरा गर्छु भन्ने मान्छे पनि । तर, समय परिवर्तनशील छ । मान्छेले गरेको सच्चा मेहनत र लगनअनुसारले समय परिवर्तन भइरहन्छ । त्यसैले यो दुनियाँमा असम्भव जस्तो कुरा केही लाग्दैन आजको समयमा सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा कतै लुकेको पनि छैन ।

हाम्रै आँखा अगाडि यस्ता मानिसहरू थुप्रै छन् जसले जीवनमा ठुलो सपना बोके अनि त्यो सपना प्राप्त गर्न संघर्ष गरे र त्यसलाई साकार परेर देखाए उनै गायक हुन पछिल्लो समयका चर्चित कलाकार खेम सेञ्चुरी , कुनै समय सृजना मात्र रहेका खेम लाई खासै मेला महोत्सबमा कमै मात्र देखिने गरिनथ्यो संम्भवता , पछिल्लो समय उनका गित एक पछि एक हिट हुँदै गयपछि उनको मेला महोत्सबमा निकै ब्यास्तता बढना थालेको छ , कोरोना कहरको कारण मेला महोत्सब ठप्प बनिरहेको बेला कोरोना घटदो क्रममा पुगेपछि अहिले देशै भरी मेला महोत्सब चलिरहेको छ ।

पछिल्लो तथ्याङक अनुसार यस बर्ष धेरै स्टेज कार्यक्रममा पुग्ने गायक मध्येका खेम सेञ्चुरीलाई दर्शकले अत्याधिक रूचायका छन उनको स्टेज प्रस्तुति गायकिले आम दर्शक श्रोताको मन जितेका छन , २६ गते चैत्राष्टमि मेला बागलुङ आई पुगेका खेम सेञ्चुरीको प्रस्तुति ले सयौ दर्शकको मन जितेर फर्केका थिय , उनले बागलुङमा पहिलो पटक यति ठुलो मेलामा आउन पाउनु भाग्यमानि साबित गरेको बतायका थिय , उनको गायकि लाई सयौ दर्शकले निकै साथ दियका थिय आफ्नै आवजमा रहेका चर्चित गित पस्केका खेम सेञ्चुरीले बागलुङका आम दर्शकको मन जितेर छोडे , यता बागलुङ चैत्राष्टमि मेला सकेर बागलुङको गल्कोट पुगेका गायक खेम सेञ्चुरीले गल्कोटमा पनि उतिकै दर्शकको मन जितेका थिय ,

गल्कोट पछि उनी चौथो गुल्मि महोत्सब पुगेका थिय सयौ दर्शकको बिचमा उनले कपालु कोरेर, झ्यालमा पर्दा छ, सोचे झै जिन्दागि रैनछ,सुर्ति माटदै माटदै,रमरम मरौटि,भुलेर पिरति लामला जसता चर्चित गितले गुल्मिमा पनि उतिकै मन जितेका थिय , गायक सेञ्चुरी अहिले मेला महोत्सबमा बढि देखिन थालेपछि उनलाई नेपालका हरेक महोत्सबमा निमन्त्रण गरिन्छ , यसै क्रममा गायक सेन्चुरी ३० गते सिन्धुली , नबबर्ष बैशाख १ गते सिन्धुली, ३ गते सुर्खेत र ६ गते रोल्पा पुग्दै छन उनको संघर्ष देन र फरकपन सृजनाको कारण उनका हरेक गितले चर्चा कमाउने गर्छन ,

गायक सेञ्चुरी ‌सृजना मात्र नभई नृत्यमा पनि उत्तिकै दख्खल छन , उनको सृजना र आजमा रहेका मायालु आजैलाई,कपालु कोरेर,औठि बेरूवाको,लाहुर,नरोउ नरोउ निरमाया,सोचे झै जिन्दागि,दिलको माझै माझ,यो केटा पल्कियो बरिलै, झ्यालमा पर्दा छ,मन परेको मानछे,कामी दाईको छोरा,माईली,कुरकुरे बैँस,मुसुक्क हासिदेउ,सुपारी कुटुक्कै लगायतका दर्जानौ गितहरू हिट भयका छन ,