जैमिनिको मेयरमा माओबादीबाट परियार,पाण्डे र के.सी.को नाम सिफारिस

-


     कालिका दर्शन     
     चैत्र २९ गते २०७८ मा प्रकाशित


जैमिनि नगरपालिकाको नगर प्रमुखका लागि नेकपा माओबादी केन्द्रबाट ३ जनाले दावी पेश गर्नु भएको छ । सो पार्टीको मंगलबार बसेको नगर समिति बैठकले प्रदेस सदस्य एवं जैमिनि नगर इन्चार्ज लाल बहादुर परियार, नगर अध्यक्ष झमन पाण्डे र नगर कोषाध्यक्ष निर्मला के.सीले नगर प्रमुखका लागि दावी पेश गर्नु भएकाले तिनै जनाको नाम सिफारिस गरि पठाउने निर्णय भएको सो पार्टीले जनाएको छ । हाललाई नगर प्रमुखमा ३ जनाको नाम सिफारिस गरिए पनि पार्टीले आवश्यकताको आधारमा गर्ने निर्णय मान्य हुने गरी उक्त निर्णय भएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
यसै गरी नगर इन्चार्ज परियार संयोजक तथा अध्यक्ष पाण्डे सहसंयोजक रहने गरी चुनाव परिचालन समिति गठन गरिएको छ । यसै गरी नगर अध्यक्ष पाण्डेको संयोजकत्वमा ७ सय २४ जना सदस्य रहेको चुनाव प्रचार प्रसार समिति गठन गरिको छ । कोषाध्यक्ष निर्माला के.सीको संयोजकत्वमा देवेन्द्र पुन, कृष्ण थापा, शोभा प्रसाद शर्मा र लक्ष्मी चपाई सदस्य रहेको आर्थिक समिति गठन गरिएको छ । साथै सकस बहादुर क्षेत्रिको संयोजकत्वमा ११ सदस्यीय मतदाता प्रशिक्षण समिति गठन गरिएको नगर अध्यक्ष पाण्डेले जानकारी दिनु भयो ।