प्रबल जनसेवाश्री पदकबाट पर्बतका गायक कुलेन्द्र बिक र कस्तुप पन्त सम्मानित

-


     कालिका दर्शन     
     वैशाख १ गते २०७९ मा प्रकाशित


केपि कुमार जलन
गण्डकी प्रदेशको राजधानि पोखरा,स्याङजा संगै जोडियको जिल्ला हो पर्वत जहाँ यस्ता प्रतिभाको जन्म भयो जसले कला र गित संगितमा नाम मात्र कमायनन समग्र देश र पर्वत जिल्लाको नाम राख्न सफल भय, सानैदेखि संगितप्रति को लगाब संगै राजधानि छिरेका गायक
कस्तुप पन्त र कुलेन्द्र विश्वकर्मालाई नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने प्रबल जनसेवाश्री पदकले सम्मान गरेको छ ।
दर्जनौं कालजयी गीतमा शब्द तथा संगीत समेत दिएका पन्त तथा करोडौँ दर्शक बनाउन सफल दर्जनौं हिट गीतमा आवाज दिने कुलेन्द्र विश्वकर्मालाई सरकारले प्रदान गर्ने उच्च सम्मानले समग्र कला क्षेत्रलाई नै खुसि बनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बैशाख १ गते विभिन्न पदकमा यस अघि नै नाम घोषणा भएकाहरूलाई पदक वितरण गरिएको हो ।
सरकारले आफ्नो कामलाई सम्मान गर्दै पदक दिएको प्रति दुवै कलाकारहरूले खुसी व्यक्त गर्नु भएको छ । गायक पन्तका तिम्रो।फोटो।काखैमा,दशैका जमरा,दुबो।जसतै।हाम्रै माया,दुई किनारा,झुटोरैछ,चोखो माया मर्देना,दुबो।हरियो,घिन घिन मादला,आयो दशै तिहार,देउरालिमा धजा,सिलौटोमा चटनि,तिजैको बेला,के लाउनु खै पिरति,तिमी हासे पुग्छ,मेरो सपना ,फुलको थुङगामा जसता चर्चित गित हिट छन भने गायक बिश्वकर्माका जिम्बल बाको आगनिमा,लाउछ माया,निष्ठुरे,बाचा कसम,मुहार हसिलो,रूमाल हल्लाई हल्लाई,जलजला,जोगिको भेसैमा,डाडै फुर्के सल्लो,लाउथे माया तर,तिमिलाई पछुतो,सालको पात टपरि,जय जय होस,आकश धर्तिको,बिर्से बाबू आमा गितहरू हिट छन