काठेखोलामा राप्रपाले उम्मेदवारी दिने

-


     कालिका दर्शन     
     वैशाख ५ गते २०७९ मा प्रकाशित


राष्ट्रीय प्रजातन्त्र पार्टी काठेखोला गाउँपालिकाको पार्टी कमिटिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवम वडाहरूमा उम्मेदवारको सिफारिस गरेको छ । गाउँपालिका अध्यक्षमा श्री हिरालाल कँडेल, उपाध्यक्षमा राधिका निउरे सिफारिस हुनुभएको छ । वडा न. ४ तंग्रामबाट अध्यक्षमा मन बहादुर पुन सिफारिस हुनुभएको छ ।

वडा न. ५ अध्यक्षमा दुर्गा दत्त रिजाल, सदस्यमा तुलसीराम कडेल,धनपति कडेल,कौशिला सूनार सिफारिस हुनुभएको छ । वडा न. ६ बाट अध्यक्षतामा लिलाधर ढुङ्गाना, सदस्यमा दयाराम कडेल,नन्दलाल कडेल,देबी कडेल,निरु बिक सिफारिस हुनुभएको छ । यसै गरि वडा न. ८ बाट सुरेन्द्र केसी र केदार नाथ कँडेल सिफारिस हुनुभएको छ ।

गाउँपालिकाका हरेक वडाहरूमा उम्मेद्वार उठाउने गरि आन्तरिक गृहकार्य शुरू भएको राप्रपाका पूर्व केन्द्रीय सदस्य देबी कँडेलले जानकारी दिनुभएको छ ।