जापानमा नेपालीहरुद्धारा नयां बर्षको शुभकामना आदान प्रदान

-


     कालिका दर्शन     
     वैशाख ५ गते २०७९ मा प्रकाशित


जापानको राजधानी टेकियो स्थित ओकुबुमा नेपालीहरुले नयां बर्ष मनाएको समाचार प्राप्त भएको छ । बिक्रम संवत २०७९ प्रारम्भको बिशेष अवसरमा जनप्रगतिशिल मंञ्च जापानको संस्कृति, पर्यटन तथा अतिरिक्त बिभागको आयोजनामा भएको कार्यक्रममा नेपाली संस्कृति र परम्परा अनुसार बिविध कार्यक्रमहरु संचालन गरिएको थियो । बिदेशी भूमिमा बसेर जन्मभूमि नेपालको संस्कृति, परम्परा र भेषभुसा आदीलाई अंगाल्दै र उत्तिकै महत्व दिएर नयां बर्ष मनाउन पाउदा निकै खुशि लागेको सहभागिहरुले बताएका थिए ।
मुना रसाइलीको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि डा भूपालमान श्रेष्ठ, अरुण श्रेष्ठ, सालिकराम भण्डारी, बिष्णु रसाइली, भवानी पन्त, कान्तो कमिटी अध्यक्ष गोकर्ण बर्तौला, क्षेत्रिय कमिटी अध्यक्ष हरी दोङ, नर बहादुर थापा सहित केन्द्रिय समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी रहेको कान्तो समितिका उपाध्यक्ष रेशम के.सीले जानकारी दिनु भयो ।