हरेक उम्मेदबारहरुलाई प्रश्न गरौं

-


     कालिका दर्शन     
     वैशाख १० गते २०७९ मा प्रकाशित


यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनले यतिबेला देशव्यापी रुपमा राजनीतिक सरगर्मी बढेको देखिन्छ । काठेखोला गाउँपालिकामा समेत यतिबेला राजनीतिक चहलपहल व्यापक रुपमा बढिसकेको छ । यसै सन्दर्भमा काठेखोला गाउँपालिका एवम् हरेक स्थानीय तहमा सक्षम, ईमान्दार र दूरदर्शी उम्मेदबारहरु चयन गर्नको लागि तल उल्लेखित प्रश्नहरु हरेक उम्मेदबारहरुलाई गर्ने एवम् टोल टोलमा यो स्तरको राजनीतिक बहसको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।
हरेक उम्मेदबारहरुलाई प्रश्न गरौं ।
(१) तपाइँले कुन तहसम्मको शैक्षिक अध्ययन पूरा गर्नुभएको छ ?
(२) तपाइँको आम्दानीको स्रोत के हो ?
(३) कतै तपाइँ स्थानीय तहमा भ्रष्टाचार गर्ने पाईन्छ भन्ने मनसाय त बोक्नु भएको छैन ?
(४) तपाइँ जनताप्रति उत्तरदायी हुनुहुन्छ कि नेता र शक्ति केन्द्र प्रति ?
(५) विगतमा सम्बन्धित वडा र पालिकाको बिकास निर्माण र सुशासनमा के के काम गर्न सक्नु भयो त ?
(६) के तपाइँ खर्चिलो चुनाबलाई निरुत्साहित गर्न सक्नुहुन्छ ?
(७) के तपाइँ समाजका हरेक राजनीतिक दल, तह र तप्काको सहकार्यमा काम गर्न सक्नुहुन्छ ?
(८) के तपाइँ जनताप्रति उत्तरदायी र पूर्ण रुपमा स्थानीय तहमा जनताको शासन स्थापित गर्न सक्नुहुन्छ ?
(९) के तपाइँ वडा र पालिका तहबाट भ्रष्टाचारको अन्त गर्दै सुशासन स्थापित गर्नसक्नै नैतिक हैसियत राख्नुहुन्छ ?
(१०) के तपाइँले काठेखोला गाउँपालिकालाई नेपालकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सक्नै नैतिक हैसियत राख्नुहुन्छ त ?
(११) के तपाईले गाउँपालिका क्षेत्रमा देश तथा विदेशबाट लगानी भित्र्याई स्थानीय स्तरमा नै रोजगारी उपलब्ध हुने वातावरण सृजना गर्न सक्नुहुन्छ त ?
(१२) के तपाइँले जनताहरुमा रहेको व्यापक निराशा र उकुसमुकुसको स्थितिलाई चिर्दै गाउँ गाउँ र जन जनमा आशाको दियो बाल्न सक्नु हुन्छ त ?
(१३) के तपाइँले शिक्षा क्ष्ोत्रमा रहेको चरम राजनीतिकरणको अन्त गर्न सक्नुहुन्छ त ?
(१४) के तपाइँले समाजमा छरिँदै आएका भ्रमका खेतीहरुको समूल अन्त गर्न सक्नुहुन्छ त ?
(१५) के तपाइँ जनताको चेतनाको स्तर उकास्दै राजनीतिप्रति आम जनता र यूवामा रहेको बितृष्णा अन्त गर्न सक्नुहुन्छ त ?
(१६) के तपाइँले काठेखोला गाउँपालिकालाई ग्रामीण पर्यटकीय शहरको रुपमा स्थापित गर्न सक्नुहुन्छ त ?
(१७) के तपाइँले गाउँ गाउँमा ढलान वा कालोपत्रे सडक निर्माण गर्न सक्नुहुन्छ त ?
(१८) गरीब, बेसहरा तथा बिपन्न परिबारलाई सम्मानित जीवन जीउने अवस्था सृजना गर्न तपाइँको भूमिका के कस्तो रहन्छ त ?
(१९) समाजमा रहेका कुरीति, बेथिति, गलत संस्कार र सामाजिक एवम् लैंगिक भेदभावको अन्त गर्न तपाइँको योजना के हो त ?
(२०) के तपाइँले काठेखोला गाउँपालिकालाई सभ्य र समुन्नत समाजको रुपमा बिकास गर्न सक्नु हुन्छ त ?
(२१) हरेक वडा र गाउँपालिका क्षेत्रमा दीगो बिकासमा आधारित योजनावद्ध बिकास निर्माणका कामहरुको शुरुवात गर्न तपाइँहरुका वडागत एवम् पालिकागत योजनाहरु के के छन् त ?
(२२) आम कृषकहरुलाई बिशेष कृषि अनुदान एवम् बीना धीतो सस्तो ब्याजदरमा क्रृण उपलब्ध हुन सकिरहेको छैन, यस्तो अवस्था अन्त गर्न तपाइँको के छ कार्ययोजना ?
(२३) के तपाइँले काठेखोला गाउँपालिकाबासीलाई सामान्य जीवनयापनको लागि बागलुङ बजार धाउनै पर्ने अवस्थाको अन्त गर्न सक्नु हुन्छ त ?
(२४) के गाउँपालिका क्षेत्रमा सञ्चालित लघु तथा मझौला एवम् परम्परागत आरन व्यवसाय एवम् अन्य उद्योगहरुलाई अनुदानमा आधारित कार्यक्रमहरु संचालन गर्न सक्नु हुन्छ त ?
(२५) गाउँ गाउँहरुब्यापक रुपमा बढ्दै गएको बसाईसराई हामी सबैको लागि चिन्ताको बिषय भएको छ , बसाईसराई न्यूनीकरण गर्दै हरेक गाउँहरुमा ब्यापक चहलपहल ल्याउन तपाइँको कार्ययोजना के हो ?
(२६) काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाँडा क्षेत्र र अक्षेते क्षेत्रमा समेत कुनै चहलपहल देखिँदैन, यस क्षेत्रलाई काठेखोलाको व्यापारिक केन्द्रको रुपमा बिकास गर्ने तपाइँसँग कुनै कार्ययोजना छ वा छैन ?
(२७) ब्यापक संभावना बोकेको उपल्लो काँठेखोला क्षेत्र (बृहत घोडाबाँधे क्षेत्र) मा व्यापक चहलपहल ल्याउन तपाइँको कार्ययोजना के हो ?
(२८) गाउँपालिकाका हरेक वडाहरुमा व्यापक चहलपहल ल्याउनको लागि तपाइँको कार्ययोजना के हो त ?
(३०) के तपाइँले पालिका, प्रदेश, संघ सरकार र अन्य विभिन्न सरकारी निकायबाट प्राप्त हुने बिकास बजेटलाई हरेक वडामा न्यायोचित ढंगबाट बिनियोजन गर्न सक्नु हुन्छ त ?
(३१ं) कतै तपाइँ केही नेताहरुको दास कार्यकर्ताको रुपमा उम्मेदवार हुनुभएको त छैन ?
(३२) कतै तपाइँ केही स्वार्थ समूहहरुको एजेण्टको रुपमा उम्मेदवार हुनु भएको त छैन ?
(३३) काठेखोला गाउँपालिकालाई बागलुङ बजारको उपनिवेशको रुपमा अन्त गर्न तपाइँसँग के कार्ययोजना छ त ?
(३४) के हरेक कर्मचारी त जनप्रतिनिधिहरुलाई अनिवार्य रुपमा गाउँपालिका भित्र नै स्थायी रुपमा बस्ने गरी कदम चाल्न सक्नुहुन्छ त ?
(३५) कर्मचारीतन्त्रभित्र डरलाग्दो गरी भ्रष्टाचार मौलाएको छ, के यस्ता भ्रष्टाचारजन्य कार्यहरुलाई निर्मुल पार्न सक्नुहुन्छ त ?
(३६) के माथि उल्लेखित प्रश्नहरु प्रति पूर्ण रुपमा ईमान्दार हुँदै आफ्नै बुबा आमा, पूर्खा र सन्तानहरुको कसम खाएर हरेक टोल टोल र जनता समक्ष कसम खान सक्नुहुन्छ त ?
हो हरेक मतदाताहरुले वडा एवम् पालिकाका हरेक उम्मेदवारहरुलाई यस्तो प्रश्न गरौं र प्रश्नको चित्त बुझ्दो जबाफ दिन सक्ने उम्मेदबारहरुलाई प्रष्टसँग बुझेर मात्र मतदान गरौं ।
हरेक वडामा एक जनामात्र सक्षम र क्षमताबान वडासदस्य मात्रै निर्वाचित गर्न सकियो भने पनि उक्त वडाले सामाजिक न्याय, सुशासन र बिकास निर्माणमा फड्को मार्नेछ ।
पालिकामा एक जना मात्रै वडा अध्यक्ष ईमान्दार वडाअध्यक्ष जिताउन सकियो भने हरेक पालिकाले सहजै समृद्धिको यात्रा तय गर्न सक्नेछन् ।
त्यसैले हरेक गाउँ गाउँ र बस्ती बस्तीमा यो स्तरको बहस चलाएर सक्षम जनप्रतिनिधि चयन गर्न निरन्तर पहल गरौं ।
जनचेतनाको लागि यो लेखलाई ब्यापक रुपमा शेयर र कमेन्ट गरी सहयोग गरिदिनुहुन समेत विनम्र अनुरोध गर्दछु ।
जय काठेखोला, जय बागलुङ !!!

ई. खिमानन्द कँडेल
काठेखोला ५, बागलुङ