घरभाडा सरोकारमा नयाँ वर्षको शुुभकामना र भित्तेपात्रो

-


     कालिका दर्शन     
     चैत्र १९ गते २०७९ मा प्रकाशित


नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले शनिबार नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो सार्वजनिक गरेको हो । कार्यक्रममा अग्रज कलाकार यादवचन्द्र भुर्तेलले अहिले देखिएका घरभाडाका समस्या समाधान गर्न सरोकारवालाको सामूहिक प्रयास हुनुपर्ने बताए ।

उनले घरधनी र बहालमा बस्ने एकै परिवारका सदस्य जसरी बस्नुपर्ने विचार राखे । घर भाडामा दिनु व्यवसाय भएकाले बहाल कर घरधनीले नै तिनुपर्नेमा उनले जोड दिए । भाडामा लिनेले पनि सम्झौता बमोजिकै प्रयोग गर्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा चेम्बर अफ कर्मस कास्की अध्यक्ष यामनाथ पौडेल, सिटी रेवानका पूर्व अध्यक्ष केपी पाध्या, भत्तेपात्रो संयोजक इन्दु श्रेष्ठ, महासचिव कृष्णप्रसाद चापागाईं लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका मानार्थ सदस्य छन्द गिरी लडेर घाइते भएकाले उनलाई संस्थाले ५ हजार सहयोग गरेको छ । गिरीलाई संस्थाका सल्लाहकार उदयबहादुर केसीले ५ हजार प्रदान गरे । संस्थाका अरु सदस्यबाट गिरीको उपचारका लागि १३ हजार ८ सय ७५ रुपैयाँ जम्मा भएको छ ।

घरबेटी र घरमा भाडा तिर्ने गरी बसेकाहरुको समस्यालाई समाधान गर्न संस्था स्थापना भएको सचिव नारायण सुवेदी बताउँछन् ।