धवलागिरी बहुमुखी क्यामपसमा नयाँ स्वयू ले लियो पद भार तथा पहिलो बैठक सम्पन्न

-


     बिरोश क्षेत्री     
     चैत्र २२ गते २०७९ मा प्रकाशित


मिति २०७९/१२/१८ गते सर्बसम्मत रुपमा सम्पन्न भएको स्वोबियू निर्बाचनको सुदिप सागर कंडेलको नेतृत्वमा रहेको नयाँ कार्यसमितीलाई २०७९/१२/२२ गतेका दिन धबलागिरि बहुमुखी क्याम्पसले सम्पन्न गर्यो प्रमाण पत्र बितरण तथा पदस्थापना कार्यक्रम ।

स्ववियु अध्यक्षमा सुदिप सागर कँडेल, उपाध्यक्ष दिपक सुवेदी र सचिव अनिल शर्मा, सह–सचिव खिमानान्द कँडेल र कोषध्यक्ष सृष्टि आचार्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । स्ववियु सदस्यहरु कृष्ण बहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवि रोका रेखा शर्मा, तस्लिमा मियाँ, दिवस खड्का र सुदन बिकलाई प्रमाणपत्र दिइएको थियो ।

साथै उक्त नयाँ कार्य समितिले सुदिप सागर कंडेलको अध्यक्षतामा सम्पन्न गर्यो पहिलो बैठक , निर्णयहरु निम्न छन

१. विद्यार्थीहरुको समस्याहरु लाई मध्यनजर गर्दै क्याम्पस प्रसाशनको सहयोगमा हेल्प डेस्क (Help Desk) स्थापना गर्ने ।

२. क्याम्पस प्राङ्गणमा संस्कृतिक संग्रहालयको निर्माण ।