एक सय घरमा ‘फस्ट एड बक्स’ वितरण

-


     बिरोश क्षेत्री    
     चैत्र २६ गते २०७९ मा प्रकाशित


काठेखोला गाउँपालिका–४ तंग्राम,चापोट को एक सय घर परिवारमा शनिबार एक कार्यक्रमका बीच ‘फस्ट एड बक्स’ वितरण गरिएको छ । वयलनेश टिम नेपालको आर्थिक सहयोग, रोट्रायक क्लव अफ बागलुङ तथा रोट्रायक क्लव अफ किस्ट मेडिकल कलेज काठमाडौँको सहकार्य र समाज परिवर्तनशील युवा संजाल तंग्राम को व्यवस्थापनमा ‘फस्ट एड बक्स’ वितरण गरिएको हो ।

सोही कार्यक्रममा तंग्राम स्वास्थ्य चौकीलाई एक थान ह्वीलचियर सहयोग गरेको समाज परिवर्तनशील युवा संजालका सचिव विष्णु आलेले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्यकर्र्मी सुदीप न्यौपाने, विर्श आचार्य, दिपा डङ्गोल र सुचिन शाहले स्त्री तथा विभिन्न रोगका विषयमा परामर्श दिएका थिए ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रमा ‘फस्ट एड बक्स’ धेरै उपयोगी हुने बताउनुभयो । गाउँघरमा कामकाज गर्दा चोटपटक लाग्ने र तुरुन्तै घरमा प्राथमिक उपचार गराउन ‘फस्ट एड बक्स’ आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुन लगायतले आफ्नो मन्तव्य राखेका थिए । उक्त्त कार्यक्रम रनबहादुर पुनको अध्यक्षता, पशुपति आधारभूत विद्यालयका प्रधानाध्यापक नरबहादुर थापा को स्वागत र समाज परिवर्तनशील युवा संजालका सचिव विष्णु आले को संचालनमा सम्पन्न भएको थियो ।