रित्तिदै गएको मेरो गाउँ

-


     सचिन हरिजन    
     वैशाख १ गते २०८० मा प्रकाशित


मानिसहरु तराई झरे सङै, शहर पसेसङै

अनि बिदेश पलायन भएसङै, रित्तिदै छ मेरो गाउँ

कोहि बाध्यताले शहर भसिएका छन त, कोहि सुख

सुबिधाको खोजिमा

शहर पस्नेको लर्को लागेसङै, मेरो गाउँ रित्तिदै गएको छ !

पहिले अन्न फल्ने ठाँउहरु आज झारले भरिइसके

भेडा बाख्राले भरिने ती पाखा अनि पखेराहरु

आज बनमारा र झाडिले ढाकिसक्यो

युबा बिदेश पलायन भएसङै मेरो गाउँ रित्तिदै

गएको छ !

मैले अक्षर चिनेको स्कुल आज विद्यार्थी अभावकै कारण खारेज भैसक्यो

म अनि मेरा साथी खेल्दा भरिभराउ हुने त्यो चाैर

आज एक्लो भैसक्यो ।

शहर पस्नेको जमात बढेसङै मेरो गाउँ रित्तिदै गएको छ !

बाटोमा पाक्नै नपाउने ती ऐंसेलु अनि काफल

आज बाटोमै सुकेर अनि झरेर गएको छ दिउँसो मेलापात सकिवोरी बेलुकीपख गरिने ती

भजन किर्तन अनि रोदिघरका भाकाहरु

आज गाउमा मान्छे नभएकै कारण हराउदै गएको छ

सुबिधाको खोजिमा मानिस बसाई सरेसङै, मेरो

गाउँ रित्तिदै गएको छ !!