बागलुङ का किस्मत घर्ती गण्डकी प्रदेश यू–१६ क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

-


     बिरोश क्षेत्री    
     वैशाख ७ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेश क्रिकेट टोली छनोटका लागि बोलाईएको बन्द प्रशिक्षणमा बागलुङका किस्मत घर्ती मगर ले पनि आफ्नो स्थान बनाएका छन् । उनले गत हप्ता पोखरा रंगशालामा सम्पन्न भएको छनोट प्रतियोगितामा उतकृष्ट प्रदशन गर्दै टेलीमा स्थान बनाउन सफल भएका हुन् ।

घर्तीले दुई खेल मध्ये पहिलो खेलमा १३ रन र दोस्रो खेल मा अभिजित २६ रन का साथ उतकृष्ट विकेट किपिङ प्रदशन गरेका थिए । उनि बागलुङ क्रिकेट संघ का उत्पादन हुन्

बन्द प्रशिक्षणमा कडा मेहेनत गरी उतकृष्ट खेल प्रदशन गरेर प्रदेश टोलीमा स्थान बनाउने लक्ष्य रहेको घर्ती ले बताउनु भयो ।

घर्ती बागलुङ जिल्ला बाट बन्द प्रशिक्षणमा छनोट हुने एक मात्र खेलाडी हुन ।

बन्द प्रशिक्षण टोलीको नामावली :-
१। सोहेल कुँवर (कप्तान)
२। इशान श्रेष्ठ
३। सुप्रिम सुनार
४। दिपेन्द्र भण्डारी
५। करण पंगेनी
६। बिज्ञान पाण्डे
७। सरोज बहादुर खत्री
८। वंश क्षेत्री
९। सिब्रिन श्रेष्ठ
१०। अप्राजित पौडेल
११। रोहित चंद
१२। अश्विन थापा
१३। सुदिप अर्याल
१४। आकाश टमाटा
१५। सागर रावल
१६। सफल श्रेष्ठ
१७। किस्मत घर्ति
१८। अनिश ताम्राकार