बागलुङ जिल्लाकाे तमानखाेला गाउँ पालिका -१ पहिराकाे शिरमा छ चाैरी गाेठ । तमानखाेला गाउँपालिका -१ पहिरामा अवस्थित चाैरी गाेठ एक आकर्षक ठाउँ हाे । डाँडाकाे टुप्पामा वरिपरि जङ्गलले घेरिएको बिचमा सम्म परेकाे भुभाग रहेकाे छ ।समुन्द्री सतह देखी लगभग २७०० मि. उचाईमा रहेको उक्त क्षेत्रीमा चारैतिरबाट लालीगुँरास का रूखहरूले घेरिएको छ, चाैरकाे छेउछाउमा रूखका ब्राेक्रा बाट निर्मित पाैराणिक गाेठहरू रहेछका छन । वरिपरि रहेका रूखहरू विचमा नाच्दै गाँउदै आउने चराचुरुङ्गीहरूकाे चिरविर आवाजले सुनमा सुगन्ध थपिदिन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण यश ठाउँबाट धाैलागिरी हिमालकाे मनमाेहक दृश्य, दुर सम्मका अनेक थुम्मका हरू, डाडापाखा हरू सहजै देखिन्छ । सुन्दरताले भरिपुर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचारप्रसार काे अभावमा चाैरी गाेठ ओझेलमा परेकाे छ ।
बागलुङको पश्चिम भेगको एक पर्यटकीय स्थल बन्ने सम्भावना बाेकेकाे यश क्षेत्रकाे उजागर गर्नका लागि सरकारवाला निकायले ध्यान दिन सकेका छैनन् । पर्यटकीय गन्तव्य बन्ने सम्भावना बाेकेकाे ठाउँ भएपनि प्रचारप्रसारकाे कमिले ओझेलमा परेकाे त्यहाँका स्थानीयकाे भनाई छ । “व्यापक प्रचारप्रसार र सडक विस्तार गर्न सकेको खण्डमा पर्यटकीय गन्तव्यकाे रूपमा विकसित हुन सक्छ । याे ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय तह र स्थानीय बासिले ध्यान दिनुपर्ने स्थानीय बिर बहादुर बि. क काे भनाई छ” । याे ठाउँलाई पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नका लागि स्थानीय सरकारले बढि जाेड दिनुपर्ने हुन्छ, उनी भन्छन् “त्यहाँका स्थानीय नागरिकले पनि विशेष चासाे दिन सकेमा राम्रो हुनेछ” ।
उक्त चाैरीगाेठ क्षेत्र एैतिहासिक हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ । पुर्वजहरूकाे भनाई अनुसार लगभग २० औं शताब्दीकाे शुरूवात तिर रूकुमकाे “मैकुत
” भन्ने गाउँ बाट बसाइँ गरि यहाँ आउने क्रममा साथमा चाैरी पनि लिएर आएकाे र पहिलोपटक चाैरी यश ठाउँमा राखिएकाले गर्दा यसकाे नाम चाैरी गाेठ रहन पुगेकाे भन्ने भनाई छ । यसका साथै यस ठाउँमा `रात-ताल र सुगे ताल´ नामक दुई आकर्षक तालहरू पनि रहेका छन । तमानखाेला -१ पहिराका शेर बहादुर बि.क भन्छन् “उक्त रात-ताल रहस्यमय ताल पनि हाे । जहाँ तालमा रहेकाे पानी राताे रङको रहेको छ । उक्त तालकाे पानी यश क्षेत्रमा चरिचरणका लागि जाने गाई भैंसी , भेडा बाख्रा साथै यहाँ रहेका जङ्गली जनावर र चराचुरुङ्गीहरूले पिउने गर्दछन्” , गाेठालाेहरूले पनि यहीँ पानी पिउने गर्दछन् । उनी भन्छन् ” हामी बैशाख महिना देखि लगभग असार सम्म यहीँ बस्छाै तर पिउने पानीकाे भने समस्या हुने गर्दछ । यश तालकाे उचित संरक्षण , संवर्धन गर्न सकेकाे खण्डमा तालकाे पानी सधै रहिरहनेछ , जसले गाई,भैंसी र जंगली जनावरहरूकाे लागि पनि निकै उपयोगी हुनेछ” ।
चाैरीगाेठ पिकनिक स्पाेर्टका लागि पनि विशेष रहेकाे बताउछन् अर्का स्थानीय युवा तुलेन्द्र बि.क भन्छन् लगभग १५०० – २००० मिटर चाैडा भैई फैलिएको चाैर निकै आकर्षक र मनमाेहक छ । चाैरैतिरबाट लालीगुँरास र अन्य विविध प्रजातिका बाेटविरूवाहरूले घेरिएकाे निकै सुन्दर दृश्य देख्न पाईन्छ साथै याे ठाउँ सुर्याेदय हेर्नका लागि पनि महत्त्वपूर्ण रहेकाे उनी भन्छन्। सडक सञ्जाल र पिउने पानीकाे विस्तार गर्न सकेमा याे क्षेत्र पर्यटकहरूकाे राेजाईमा पर्न सक्ने बताउँछन् ।
अहिलेसम्म यश क्षेत्रकाे प्रचारप्रसार , संरक्षण ,संवर्धन र उत्ठानकाे लागि स्थानीय तह, प्रदेश सरकार , स्थानीय गुठी संस्थाहरू, क्लब जस्ता निकायहरूले कुनै चासाे नगरेकाे उनकाे गुनासो छ । गाउँ – गाउँमा सिंह दरबार आएता पनि यश क्षेत्रमा कसैको चासाे नरहेकाे बुझाई छ । यश क्षेत्रकाे उत्ठानकाे लागि सडक सञ्जाल र पिउने पानीको पहुँच अति आवश्यक रहेको बताउँछन् ।
Enter