प्रथम राजेन्द्र स्मृति कालिका यूपीभीसी फूटसल प्रतियोगिताको उपाधी युनिटी क्लव बागलुङलाई

-


     Sachin Harijan    
     जेठ १६ गते २०८० मा प्रकाशित


प्रतियोगितामा तेक्वान्डो खेलाडी नन्दु बिष्ट सम्मानित

प्रथम राजेन्द्र स्मृति कालिका यूपीभीसी फूटसल प्रतियोगिताको उपाधी युनिटी क्लव बागलुङलाई

प्रतियोगितामा तेक्वान्डो खेलाडी नन्दु बिष्ट सम्मानित

राजेन्द्र स्मृति यूपीभीसी कप फूटसल प्रतियोगिता गत शनिबार देखी सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन माननिय सामाजिक बिकास तथा स्वस्थ्य मन्त्री सुशिला सिंखडा ज्यू बाट भएको थियो ।

राजेन्द्र स्मृति यूपीभीसी कप फूटसल प्रतियोगिताको उपाधी बागलुङ युनिटी क्लवले जितेको छ । सोमबार सम्पन्न फाईनल खेलमा हाईकर्स युनाइटेड बागलुङलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । योसँगै बागलुङ युनिटी क्लवले ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र जितेको छ ।

बागलुङ युनाईटेडका खिम गुरुङले ४ गोल र रोशन छन्त्यालले १ गोल गरेका थिए ।

उप विजेता बनेको हाईकस युनाईटेड बागलुङले २५ हजार ५ सय रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र जितेको छ । हाईकर्सको तर्फबाट राहुल थापा र अर्जुन पुनले  एक/एक गोल गरेका थिए ।

प्रतियोगितामा उच्च गोलकर्ताको रुपमा युनिटी क्लवका खिम गुरुङ पुरस्कृत भएका छन् । उनले प्रतियोगिताको अबधिभर १२ गोल गरेका थिए ।

बेष्ट किपरमा हाइकर्सका गोल किपर अर्जुन खत्री, बेष्ट प्लेयरका रुपमा बागलुङ युनिटी क्लवका रोशन छन्त्याल पुरस्कृत भएको आयोजक संयुक्त चार युवा क्लवका सचिव विरोश क्षेत्रीले बताए ।

संयुक्त चार युवा क्लवको आयोजनामा गत शनिबारदेखि प्रतियोगिता सुरु गरिएको थियो ।

प्रतियोगिताको अवसरमा नन्दु विष्टलाई सम्मान गरिएको छ ।

जापानको ओशाकामा भएको जापान खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा काश्य पदक विजेता बागलुङका विष्टलाई सम्मान गरिएको हो । पदक जित्दै बागलुङ र सिङ्गो राष्ट्रको गरिमा उच्च राख्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

बिष्टलाई बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।