मौरीपालन तालिम पश्चात बागलुङ नगरस्तरिय कृषक समूह गठन

-


     कालिका दर्शन     
     जेठ २१ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाले मौरी पालन किसानहरुका लागि ३ दिवशिय प्राविधिक सिपमुलक मौरी पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ । तालिममा बागलुङ नगरपालिका भित्रका ४० जना किसानहरु सहभागी रहेका थिए ।
बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले तालिमको समापन समारोहमा ३ दिनको तालिम पश्चात किसानहरुको व्यवसायिक दक्षता प्रदर्शन गर्ने समय शुरु भएको बताउनु भयो । बागलुङलाई व्यवसायिक रुपमा मौरीको विशेष क्षेत्रका रुपमा परिचित गराउन सम्भावना रहेको बताउदै उहांले पालिकाको सम्पर्कमा रहेर किसानहरु संगठित र सस्थागत रुपमा काम गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा नगर शिक्षा शाखा प्रमुख धन प्रसाद पोखरेल, सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्मा, प्रशिक्षक शिवराज भण्डारी, कृषि प्राविधिक राहुल केसी सहभागी खडानन्द सापकोटा र सितादेवी क्षेत्रीले तालिमको अनुभव प्रस्तुत गर्नु भएको थियो ।
तालिम पश्चात बागलुङ नगर स्तरीय कृषक समूह समेत गठन गरिएको छ । समितिको अध्यक्षमा खडानन्द सापकोटा,उपाध्यक्ष मिना शर्मा गौतम, सचिव राम बहादुर केसी, सह सचिव शिव खड्का तथा कोषाध्यक्षमा सिता देवी क्षेत्रि चयन हुनु भएको छ । सदस्यहरुमा देवी नेपाली,मन बहादुर भण्डारी,गणेश खड्का,झक बहादुर रायमाझी, दुर्गा देवी शर्मा र सिता परियार चयन हुनु भएको छ । सल्लाहकारमा खडानन्द जैशीलाई मनोनयन गरिएको छ ।