सज्जनको’पोखरामा’सार्वजानिक

-


     कालिका दर्शन     
     जेठ २२ गते २०८० मा प्रकाशित


केपि कुमार जलन
पोखराको फेवाताल र यहाँका ऐतिहासिक प्राकृतिक ठाउँ समावेश गरिएको बिल्कुलै नया गित पोखरामा भर्खरै मात्रमा पत्रकार सज्जन कुमार सिंहले बजारमा लियर आएका छन ।
पर्यटकिय गन्तव्यको रूपमा फेवाताललाई लक्षित गर्दे पोखराको विभिन्न स्थानहरूमा गितको छाँयाङकन गरेका छन । पोखरा नेपालको विशेष पानि पर्ने स्थान रहेकोले पनि सज्जनले पोखराको पानी र नानिको कुरालाई लियर निकै रोमान्टिक गितको सृजना गर्दे माया प्रेमको अन्तरभाबलाइ प्रस्फुटन गरेका छन ।
आफ्नै शब्द संगित मा रहेको गितमा सज्जनलाई चर्चित गायिका असमिता अधिकारीले साथ दिएकी छिन , भिडियोमा चर्चित मोडल जुना गुरूङ, सरिता दनकुटी र गायक सज्जनको मुख्य भुमिका रहेको छ । ईश्वर बाबुको निर्देशन सम्पादन,राजेश घिमिरेको छाँयाङकनमा रहेको म्युजिक भिडियो ईलाका खबर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ । गायक सज्जनले पछिल्लो समय पत्रकारीता संगै समाजमा घटेका घटनाहरूलाई निरन्तर खोजि र खवरदारी गर्दे आएका छन ।