बानपाको सहयोगमा सांकेतिक भाषा तालिम सम्पन्न

-


     कालिका दर्शन     
     जेठ २३ गते २०८० मा प्रकाशित


बहिरा दोभासे नेपाली सांकेतिक भाषा तालिमका सहभागी प्रशिक्षार्थिहरुलाई मंगलबार प्रमाण पत्र बितरण गरिएको छ । बागलुुङ नगरपालिकाको सहयोग तथा बागलुुङ बहिरा संघको सहकार्यमा १ महिनासम्म उक्त तालिम संचालन भएको थियो । चैत्र २९ देखि जेठ ३ गते सम्पन्न सो तालिमका सहभागीहरुलाई बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल तथा सचिव बासुु थकालीले प्रशिक्षण तथा सहजिकरण गर्नु भएको थियो ।
तालिममा बागलुुङ नगरपालिकाका कर्मचारी ४ जना, धौलागिरी अस्पतालबाट २ जना, बागलुुङ बहिरा संघबाट २ जना तथा धौलागिरी टिभिबाट १ जना सहभागी रहनुु भएको थियो । प्रशिक्षार्थिहरुलाई बागलुुङ नगरपालिकाका नगर उप प्रमुुख राजुु खड्काले प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा आफुुले नेपाली सांकेतिक भाषा तालिम निकै उत्सुुकताका साथ सिकेको प्रशिक्षार्थि पार्बती थापाले बताउनुु भयो । शुुरुका दिनहरुमा गाह्रो जस्तो देखिए पनि पछिल्ला दिनहरुमा धेरै उत्साह आएको थियो । बुुझ्दै जादा तालिमको समय कम जस्तो लागेको थापाले अनुुभव बताउनुु भयो ।
बागलुुङ बहिरा संघका अध्यक्ष एवं तालिमका सहजकर्ता सन्तोष पौडेलले धेरै उत्साहप्रद रुपमा सांकेतिक भाषा सिक्नुु भयो, धेरै खुुशी लाग्यो । उहांले प्रशिक्षार्थिहरुलाई भन्नुु भयो–बहिराहरुलाई साथि बनाउन र सिकेको ज्ञानलाई नियमित अभ्यास गर्न आग्रह गर्नु भयो ।