बानपाको सहयोगमा सांकेतिक भाषा तालिम सम्पन्न

-


     कालिका दर्शन     
     जेठ २३ गते २०८० मा प्रकाशित


बहिरा दोभासे नेपाली सांकेतिक भाषा तालिमका सहभागी प्रशिक्षार्थिहरुलाई मंगलबार प्रमाण पत्र बितरण गरिएको छ । बागलुङ नगरपालिकाको सहयोग तथा बागलुङ बहिरा संघको सहकार्यमा १ महिनासम्म उक्त तालिम संचालन भएको थियो । चैत्र २९ देखि जेठ ३ गते सम्पन्न सो तालिमका सहभागीहरुलाई बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल तथा सचिव बासु थकालीले प्रशिक्षण तथा सहजिकरण गर्नु भएको थियो ।
तालिममा बागलुङ नगरपालिकाका कर्मचारी ४ जना, धौलागिरी अस्पतालबाट २ जना, बागलुङ बहिरा संघबाट २ जना तथा धौलागिरी टिभिबाट १ जना सहभागी रहनु भएको थियो । प्रशिक्षार्थिहरुलाई बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा आफुले नेपाली सांकेतिक भाषा तालिम निकै उत्सुकताका साथ सिकेको प्रशिक्षार्थि पार्बती थापाले बताउनु भयो । शुरुका दिनहरुमा गाह्रो जस्तो देखिए पनि पछिल्ला दिनहरुमा धेरै उत्साह आएको थियो । बुझ्दै जादा तालिमको समय कम जस्तो लागेको थापाले अनुभव बताउनु भयो ।
बागलुङ बहिरा संघका अध्यक्ष एवं तालिमका सहजकर्ता सन्तोष पौडेलले धेरै उत्साहप्रद रुपमा सांकेतिक भाषा सिक्नु भयो, धेरै खुशी लाग्यो । उहांले प्रशिक्षार्थिहरुलाई भन्नु भयो–बहिराहरुलाई साथि बनाउन र सिकेको ज्ञानलाई नियमित अभ्यास गर्न आग्रह गर्नु भयो ।