बागलुङमा प्रशिक्षण दिदै माओबादी केन्द्र

-


     कालिका दर्शन     
     जेठ २६ गते २०८० मा प्रकाशित


नेकपा माओबादी केन्द्र, जिल्ला समन्वय समिति बागलुङले ३ दिने स्कूलिङ कार्यक्रम संचालन गरेको छ । शुक्रबारदेखि प्रारम्भ भएको स्कुलिङमा माओबादी केन्द्रले १ सय ५५ जनालाई सहभागी गराएको छ । पार्टीका केन्द्रीय, प्रदेस तथा जिल्ला समितिका सदस्यहरु, बागलुङ जिल्लाका १० वटै पालिका समितिका पदाधिकारीहरु, जनबर्गिय संगठनका पदाधिकारीहरु तथा जनप्रतिनिधिहरु सो प्रशिक्षणमा सहभागी रहेको जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनु भयो ।


माओबादी केन्द्रले प्रदेस स्तरका स्कुलिङ कार्यक्रमहरु सम्पन्न गरिसकेको र अब जिल्लास्तरमा यस्ता प्रशिक्षणहरु शुरु गरिएको इन्चार्ज शर्माले जानकारी दिनु भयो । जिल्लास्तरको कार्यक्रम लगतै बागलुङका १० वटै पालिकाहरुमा स्कुलिङ कार्यक्रम रहेको उहांले जानकारी दिनु भयो ।


शुक्रबारको स्कुलिङ कार्यक्रममा पार्टीका केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली कम्युनिष्ट आन्दोलनको बिषयमा प्रशिक्षण दिनु भएको थियो । यसै गरी खिमलाल देवकोटाले संविधान, कानुन र स्थानीय तह, चन्द्र बहादुर बढाले पार्टी संगठन र अनुशाषनबारे, ज्ञामनाथ गैरे अनिलले बागलुङ जिल्लाको कम्युनिष्ट आन्दोलनबारेमा, सुनिल पाण्डेले सुचना प्रविधिबारेमा र कृष्ण के.सीले उत्पादन र पर्यटनका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको जिल्ला संयोजक राजिब घिमिरेले जानकारी दिनु भयो ।
शनिवारको स्कुलिङमा केन्द्रिय सदस्य लेखनाथ न्यौपाने, बलावती शर्मा, दिनानाथ शर्मा, परशुराम तामाङ, रामराज रेग्मी, राजिव घिमिरे लगायतले सहभागीहरुलाई प्रशिक्षण दिने बताइएको छ ।