सुनिता नेपालीले प्राप्त गरिन अवार्ड

-


     कालिका दर्शन     
     असार ३ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ कला र गलाको सम्मान” भन्दै कास्की खबर प्रालिले राष्ट्रिय संगीत अवार्ड २०८० भब्यताका साथ सम्पन्न गरेको छ । शनिबार गण्डकी प्रदेशको सुन्दर नगरी पोखरा उद्योग वाणिज्य संघको सभाहलमा अवार्ड बितरण गरिएक थियो वैशाख १५ गतेदेखि जेष्ठ १३ गतेसम्म नोमिनेशन फारम खुल्ला गरिएको उक्त अवार्ड कार्यक्रममा भाग लिन ३७ विधामा ३ सय २० जनाले फारम भरेका थिए, जसमध्ये १ सय ८५ नोमिनेशनमा परेका टप फाइव को प्रमाणपत्र सहित नामावली सार्वजनिक गरिएको थियो ।

उक्त नेमिशेनबाट सर्वोत्कृष्ट दोहोरी साँझ गायिकातर्फ स्याङजाकी सुनिता नेपालीले अवार्ड प्राप्त गरेकि छिन । उनले सामाजिक संजालमा लेखेकि छिन जिवनको सांगितिक यात्राको पहिलो खुसीको पल भएको भन्दै आफुमा अझ बढि गित संगितमा लाग्न थप जिम्मेवारी महसुुस भएको र नितान्त संगितमा समय खर्चिने बताइन । गायिका नेपाली पछिल्लो समय पोखरामा रहेर अनाबरत नेपाली लोक संगितका क्षेत्रमा क्रियाशिल छिन