नगरपालिकाको सहयोगमा डल कुसन तालिम शुरु

-


     कालिका दर्शन     
     असार १२ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाको सहयोगमा बानपा ३ स्थित वडा कार्यालयमा १ हप्ते डल कुसन सम्बन्धि प्राविधिक सिप बिकास तालिम मंगलबार देखि शुरु भएको छ । नगर उप–प्रमुख राजु खड्काले तालिमको उद्घाटन गर्दै महिलाहरुलाई उद्यमी तथा शिपमुलक तालिमसंगै आथिक गतिविधीका कार्यमा संलग्न गराउन जरुरी रहेकोमा जोड दिनु भयो ।
उप–प्रमुख खड्काले महिलाहरुलाई सिपमुलक तालिम र उद्यमी बनाउन १३ औं नगर सभाले बिभिन्न योजना तथा कार्यक्रम बनाएको उल्लेख गर्दै महिला विकास सम्बन्धि नगर तथा वडाले तयार गरेका कार्यक्रमहरुका बारेमा कार्यालयमै पुगेर जानकारी लिई महिला विकास सम्बन्धि बिविध कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भयो ।


बानपा वडा नं. ३ का अध्यक्ष शनि के.सीले महिलाहरुलाई आयआर्जन, रोजगारी, शिप विकास सम्बन्धि तालिममा महिलाहरुको चाहना अनुसारका कार्यक्रम आगामी दिनहरुमा निरन्तर संचालन गरिने बताउनु भयो । संगम तालिम तथा परामर्श सेवा केन्द्रका संचालक दिपक सुवेदीले तालिमको उद्धेश्य बारेमा प्रकाश पार्नु भएको थियो । तालिममा १७ जना महिला सहभागि हुनुहुन्छ । उद्घाटन कार्यक्रमको सहजिकरण शाखा प्रमुख रामदेवी पुर्जाले गर्नु भएको थियो ।