सिंगानामा तरकारी एवं टनेल खेती सम्बन्धि तालिम सम्पन्न

-


     कालिका दर्शन     
     असार १३ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाको आयोजनामा बानपा–८ सिंगाना स्थित गडेलबोटमा ५ दिने मौसमी तथा बेमौसमी तरकारी एवं टनेल खेती सम्बन्धि प्राविधिक सिप बिकास तालिम बुधबार सम्पन्न भएको छ । तालिममा सहभागी २४ जना कृषकहरुलाई नर्सरी तथा टनेल भित्रका विरुवा व्यवस्थापन सम्बन्धि सैद्धान्तिक र प्राक्टिकल कक्षा संचालन गरिएको थियो ।
तालिमका सहभागी प्रशिक्षार्थि कृषकहरुलाई नगर उप–प्रमुख राजु खड्का, वडा अध्यक्ष छम बहादुर कार्कि, सहजकर्ता दिपक सुवेदी लगायतले प्रमाण पत्र, विउं तथा टनेल प्लाष्टिक वितरण गर्नु भयो ।
कार्यक्रममा उप–प्रमुख खड्काले सुन्तलाले सिंगानाको पहिचान दिन थालेको अवस्थामा स्थानीय किसानहरु तरकारी खेतीमा संलग्न भई उद्यमी बन्न लागेकोमा खुशी व्यक्त गर्दै सिगानामा उत्पादित तरकारीको संकलन केन्द्र स्थापना गरी बजारसम्म तरकारी पठाउनु पर्नेमा जोड दिनु भयो । उहांले कृषी संकलन केन्द्र तथा बजार व्यवस्थानका लागि नगरपालिकाले किसानहरुलाई साझेदारीमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष छम बहादुर कार्कि, तालिमको सहज कर्ता संगम तालिम तथा परामर्श केन्द्रका प्रमुख दिपक सुवेदी, प्रशिक्षक हेम शर्मा तिवारी तथा सहभागी कृषकहरुले तालिमको अनुभव बताउनु भएको थियो । कार्यक्रमको सहजिकरण मेड्पा शाखा प्रमुख रामदेवी पुर्जाले गर्नु भएको थियो ।