प्रहरीसंग सुरक्षित आप्रवासन कार्यक्रम अन्तरक्रिया

-


     कालिका दर्शन     
     असार १३ गते २०८० मा प्रकाशित


नेपाल प्रहरीसंग सुरक्षित आप्रवासन (सामी) कार्यक्रमवीच अन्तरक्रिया सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा बुधबार न्यायिक समितिको सभा हलमा आयोजित अन्तरक्रियामा बैदेशिक रोजगार वोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले बैदेशिक रोजगारमा जादा बागलुङका नागरिकहरुले भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोषनी कुमारी श्रेष्ठले बैदेशिक रोजगारीमा गएकाहरुबाट ठूलो ठगीको उजुरीहरु आउने गरेको उल्लेख गर्दै स्पष्ट प्रमाण अभावका कारण ठगी धन्दामा लागेका धेरै व्यक्तिलाई कारवाही गर्न नसकिएको बताउनु भयो । उहांले बैदेशिक रोजगारीमा जादा पैसा बुझाउनु परेमा प्रस्ट रुपमा कागजात बनाउन र तेहा बैदेशिक रोजगारमा जादा बनाएको भनी उल्लेख गर्न आग्रह गर्नु भयो ।
बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले सुरक्षित आप्रवासन कार्यक्रमको उद्धेश्य प्राप्तीका लागि नगरपालिकालाई सबैको सहयोग चाहिएको बताउदै सुरक्षा निकाए सहित सरोकारवाला निकायहरुसंग समन्वय गरी बैदेशिक रोजगारीमा नागरिकको यात्रालाई सुरक्षित बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कडेल, प्रहरी उपरिक्षक योगेन्द्र खड्का लगायतले आ–आफ्नो भनाई र काम गर्दाको अनुभव बताउनु भएको थियो । कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक मिन प्रसाद उपाध्यायले गर्नु भएको थियो ।