केपि कुमार जलन बागलुङ
मानव सभ्यताबाट चलिआएको गीत हुन् लाहेरका गीत लाहुरेका कथा। लाहुरेले आर्थिक, सामाजिक, सांस्कृति सद्भाव सधैं बचाइराख्यो। त्यसैले लाहुरेको गीत कयौ पुस्ता पछाडि पनि गाइन्छ
अझै लाहुरेको जागिर आर्कषक पेशा मानिन्छ । अधिकांश लाहुरे भएका र अवकाश पाएकाहरुको दिनचर्या सुखसयलमै बित्छ । सन्तान, परिवार माया र आर्थिक अवस्था राम्रै हुन्छ सायदै यसैले होला गायिका पुनम सुनारले लाहुरे माया बोलको गित सार्बजानिक गरेको , आफ्नै देशका सेना प्रहरीको यथार्त लाई जस्ताको तस्तै चित्रण गरिएको छ , नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरी लाई विशेष लक्षित गरि बनाईएको गित टिकटकमा विशेष गरि लाहुरे हरूको रोजाईमा परेको छ । युरोप मा रहेका सर्जक शिव अखेलिको शब्द संगित गायक सुर्य खडका र गायिका पुनम सुनारको टिपिकल भाकामा रहेको गितमा गायक दिपेन थापाले पनि साथ दिएका छन , चर्चित मोडल लोमश शर्मा, असमिता रनपाल,राज केसि, करण खतिवडा,प्रिया गुरूङ,ममता राना मगरको दमदार नृत्य रहेको छ। कुमार केसिको निर्देशन,प्रशान्त मगरको छाँयाङकन र अमृत चापागाईको सम्पादनमा रहेको म्युजिक भिडियो सुर्य खडका अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।