यस बर्ष प्रकाशित भएको एस.ई परिक्षामा उत्तिर्ण आफ्ना विद्यार्थिहरुलाई गुरांस विद्या सदनले सम्मान गरेको छ । अभिभावक सहितको उपस्थितिमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले एस ईमा सफलता हासिल विद्यार्थिहरुलाई बधाई तथा शुभ कामना व्यक्त गर्दै उच्च शिक्षा हासिल गरेपछि आफ्नो माटो र आफुले अध्ययन गरेको बिद्यालय नर्विसन आग्रह गर्नु भयो ।
उच्च शिक्षा अध्ययन गर्दा कलेज तथा विषय छनौटमा अभिभावक र आफुले अध्ययन गरेको विद्यालयका शिक्षकहरुसंग परामर्श गर्न आग्रह गर्दै उप–प्रमुख खड्काले समाजमा केही युवाहरु लागू औषध दुव्यर्शनी, बलात्कार, चोरी जस्ता गैर कानुनी र आपराधिक कार्यमा समेत संलग्न हुने गरेको पाइएकाले त्यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्ने अभियानमा समेत भूमिका खेल्न विद्यार्थिहरुलाई आग्रह गर्नु भयो ।
शिक्षक अभिभावक समितिका अध्यक्ष राम बहादुर के.सीले विद्यालय स्थापना पछिको छोटो समयमा विद्यार्थिहरुले प्राप्त गर्न सकेको नतिजा गर्व गर्न लायक रहेको चर्चा गर्दै अभिभावकहरुले गरेको विश्वास र शिक्षक तथा विद्यार्थिहरुले गरेको मेहनतका लागि धन्यवाद व्यक्त गर्नु भयो ।
प्रिन्सिपल निसान खड्काले विद्यालयले आगामी दिनहरुमा अभिभावकहरुसंग सम्पर्क र समन्वय गरी शैक्षिक सुधारका महत्वपूर्ण योजनाहरु तयार गर्ने बताउदै एस.ई उत्र्तिण भएर विदाई हुुदै गरेका विद्यार्थिहरुलाई आगामी दिनहरुमा सहयोग चाहिएमा निरन्तर सहयोग रहने बताउनुु भयो । सो अवसरमा एस.ई मा सफलता हासिल १३ विद्यार्थि र विद्यार्थिका अभिभावकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।