सिता दाहालको निधनप्रति माओबादी केन्द्र बागलुङको श्रद्धाञ्जली सभा

-


     कालिका दर्शन     
     असार २८ गते २०८० मा प्रकाशित


नेकपा माओबादी केन्द्रकी सल्लाहकार, पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जिबन संगिनी सिता दाहालको निधनप्रति नेकपा माओबादी केन्द्र, बागलुङले गहिरो दु ख व्यक्त गर्दै श्रद्धाञ्जली सभा संचालन गरेको छ । बिहीबार पार्टी कार्यालय, बागलुङ बजारमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुले स्व.सिता दाहालको तस्वीरमा पुष्पगुञ्चा सहित १ मिनेट मौन धारण गरेका थिए ।
कार्यक्रममा सहभागी माओबादी नेताहरुले स्व.सिता दाहालले राजनैतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु–याएको चर्चा गर्दै सशस्त्र जययुद्ध र त्यस पछिको अवस्थामा अत्यान्तै साधारण, सरल र जिम्मेवार शैलीमा संचालन गरेका कार्यहरुको स्मरण गरेका थिए । पार्टीको बागलुङ नगर समिति अध्यक्ष रतन मलोपतीको अध्यक्षता तथा विद्यार्थि नेता विकास कडेलको संचालनमा उक्त सभा सम्पन्न भएको थियो ।
वि सं २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । वि सं २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् । पछिल्लोसमय उनी पीएसपी र पार्किन्सनजस्ता दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित थिइन् ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा बुधबार नै अन्तिम दाहसंकार गरिएको छ ।