हिंसा प्रभावितका लागि सेवा केन्द्र,बागलुङ नगरपालिकाको बार्षिक समिक्षा

-


     कालिका दर्शन     
     असार २८ गते २०८० मा प्रकाशित


हिंसा प्रभावितको लागि अल्पकालिन सेवा केन्द्र बागलुङको बार्षिक प्रगति तथा समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । सो अवसरमा सेवा केन्द्रले यस आर्थिक बर्षमा जम्मा ९२ जनालाई सेवा दिएको जानकारी दिइएको थियो । सेवा केन्द्रबाट आ.ब ७७/७८ मा ४५ जना, आ.ब ७८/७९ मा ५० जना तथा ७९/८० मा ९५ जनाले सेवा लिएका थिए ।
बागलुङ नगरपालिकाले जनाए अनुसार यस आर्थिक बर्षमा सेवा केन्द्रमा आएका मध्ये १९ जना शारीरिक, २३ जना मानसिक, १८ जना आर्थिक, ३३ जना यौनजन्य तथा २ जना अन्य प्रकारको हिंसाबाट प्रभावित रहेका थिए ।
साथै उक्त सेवा केन्द्रबाट बागलुङ नगरपालिकाका ३८ जनाले सेवा लिएका थिए । यसै गरी जैमिनी नगरपालिकाबाट ८ जना, गल्कोट नगरपालिकाबाट ३ जना, ढोरपाटन नगरपालिकाबाट ८ जनाले सेवा लिएका थिए । काठेखोला गाउंपालिकाबाट १०, बडिगाड गाउंपालिकाबाट ६, ताराखोला गाउंपालिकाबाट २, तमानखोला गाउंपालिकाबाट १, निसिखोला गाउंपालिकाबाट ८ तथा बरेङ गाउंपालिकाबाट २ जनाले सेवा लिएका थिए । सेवा केन्द्रबाट बागलुङ जिल्ला बाहिरका ९ जनाले पनि सेवा लिएका छन ।
जातीय आधारमा लिइएको संख्यालाई हेर्दा गत आर्थिक बर्षमा दलित तर्फ २५, जनजाती तर्फ १० तथा अन्य तर्फ १५ जनाले सेवा लिएकोमा यस आर्थिक बर्षमा दलित ४३, जनजाती २४ तथा अन्य जाती तर्फ २८ जनाले सेवा लिएका छन । सेवा केन्द्रमा ६० जनाले सोझै सम्पर्क गरी आएका थिए भने ३१ जना प्रहरीको सम्पर्कबाट आएका र ३ जना ओसिएमसीको सम्पर्कबाट आएका थिए ।
कार्यक्रममा सेवा केन्द्रबाट कानुनी सहायता समितिमा सिफारिस २७ जना, जिल्ला प्रहरी कार्यालयमा सिफारिस ४ जना, मिलापत्र ९ जना, यातयात खर्च १० जना, लुगा फाटो ७ जना, कानुनी उपचार ११ जना, तारेख ८२ जना, पर्वत र म्याग्दीको अल्पकालिन समन्वय केन्द्रमा २ जनालाई सिफारिस गरिएको थियो । केन्द्रले यस आर्थिक बर्षमा १ सय १५ जनालाई आश्रय सेवा दिइएको थियो ।
बागलुङ नगरपालिकाका नगर उप–प्रमुख एवं सेवा केन्द्रका संयोजक राजु खड्काको अध्यक्षतामा संचालित कार्यक्रममा महिला,बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सरस्वती शर्माले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पूर्व सांसद मन कुमारी जि.शी, जिल्ला समन्वय समिति प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोषनी कुमारी श्रेष्ठ, ताराखोला गाउंपालिका उपाध्यक्ष भिम बहादुर रोका लगायतले आ–आफ्ना भनाई सहित शुभ कामना व्यक्त गर्नु भयो ।
यसै गरी महिला अधिकारको क्षेत्रमा क्रियाशिल लक्ष्मी जि.शी कार्कि, लक्ष्मी बास्कोटा, लक्ष्मी बोहोरा, मधु शर्मा लगायतले सुझावहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा हिंसा पिढित महिलाको सेवा केन्द्र संचालनमा तित्याङ महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड मार्फत आ.ब ६६/६७ देखि ७४/७५ सम्म अल्पकालिन जिल्ला सेवा केन्द्र संचालनमा योगदान पु–याउनु हुने किरण थापा, शर्मिला थापा, ज्ञानु माझीलाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो ।