सहकारीबाट लगेको ऋण चुक्ता गर्न बागलुङ नगरपालिकाको आग्रह

-


     कालिका दर्शन     
     असार २८ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने तथा नगरपालिकाको क्षेत्र भित्र कार्यरत प्रदेश तथा संघको नियमन क्षेत्रका सम्पूर्ण सहकारीका ऋणी सदस्यहरुलाई बिहिबार सूचना प्रकासित गरि आफुले लिएको ऋणको सावां, व्याज रकम चुक्ता गरी असल ऋणीको पहिचान बनाउन आग्रह गरेको छ । सस्थामा बचत गर्ने सदस्यहरुको रकमबाट नै कर्जा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमै ऋण चुक्ता नगर्दा बचत फिर्तामा समस्या पैदा हुने, ऋणी सदस्यले समयमै ऋण चुक्ता नगरे कालान्तरमा आफ्नै लागि प्रत्युत्पादक हुने सुचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस सूचना