बागलुङमा अनुदानको मलको मूल्य निर्धारण यूरिया २३, डियपी ५२ प्रति किलो

-


     कालिका दर्शन     
     असार २९ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका क्षेत्रमा अनुदानको मल विक्रीका लागि मूल्य तोकिएको छ । अनुदानमा मल बितरण स्थानीय समितिका संयोजक, नगर उप–प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले बानपाको वडा नं. १,२ र ३ का लागि यूरिया प्रति किलो २३ रुपैया, डियपी ५२ तथा पोटासको ४० रुपैया निर्धारण गरेको छ । यसै गरी यूरिया प्रति बोरा १ हजार ५०, डियपी प्रति बोरा २ हजार ५ सय तथा पोटासको प्रति बोरा १ हजार ९ सय रहेको छ ।
साथै बानपा १३ र १४ का लागि यूरिया प्रति किलो २५ रुपैया, प्रति बोरा १ हजार १ सय ५० रुपैया, डियपी प्रति किलो ५४ रुपैया, प्रति बोरा २ हजार ५ सय ७५ रुपैया, पोटास प्रति किलो ४१ रुपैया ५० पैसा प्रति बोरा १ हजार ९ सय ७५ रुपैया निर्धारण गरिएको छ ।
बानपा १२ का लागि भने यूरिया प्रति किलो २५ रुपैया ५० पैसा प्रति बोरा १ हजार २ सय , डियपी प्रति किलो ५४ रुपैया, प्रति बोरा २ हजार ६ सय तथा पोटासको प्रति किलो ४२ रुपैया, प्रति बोरा २ हजार कायम गरिएको छ । यसरी कायम गरिएको मुल्य सूचि अनुुसार विक्रि भए नभएको नियमित अनुगमन गरिने तथा विक्रेताहरुको पसल र कार्यालयमा सबैले देख्ने गरी मुल्य सूचि टास गरिने उप–प्रमुख राजु खड्का बताउनु हुन्छ ।
यसै गरी सो बैठकले बागलुङ जिल्लामा पोटास मलको माग अत्याधिक रहेकाले माग अनुसारको आपूर्ति गर्न साल्ट ट्रनिङ कर्पाेरेशनलाई अनुरोध गरिएको कृषी ज्ञान केन्द्रका कार्यालय प्रमुख भानुभक्त भट्राईले जानकारी दिनु भयो । अहिले साल्ट ट्रेनिङ कर्पोरेशनसंग यूरिया र डियपी मल किसानलाई चाहिने जति स्टक रहेको कार्यालय प्रमुख मनोेज कुमार श्रेष्ठले बताउनु भयो ।