पार्वती जिसी,तुलसी क्षेत्री,रामजि पौडेल र माया केसीको तिजगितको सुटिङ सकियो

-


     कालिका दर्शन     
     श्रावण ३ गते २०८० मा प्रकाशित


केपि कुमार जलन
धमाधम तिजका गित रेकर्डिङ देखि म्युजिक भिडियो निर्माण गर्ने क्रममा कलाकारहरू जुटि रहेका छन । मानो छरेर मुरी भित्रयाउने यो बेला किसानलाई रोपाईको चटारो छ भने कलाकारलाई तिजका गित बजारमा ल्याउने चटारो छ , कति गित बजारमा सार्वजानिक भई सकेका छन भने कति गितले चर्चा पाई सकेका छन , हरेक बर्ष नारीहरूको महानपर्व हरितालिका तिज को अबसरमा निरन्तर तिजका गितहरू पस्किदै आउनु भएका कलाकारद्वय गायक रामजि पौडेल, गायिका तुलसि क्षेत्री, गायिका पार्वति जिसि, र माया केसीको सहकार्यमा
यस्ता आय जमना बोलको तिज गितको हालै पोखरामा छाँयाङकन सकियको छ ,पोखराको सृजनाचोकमा रहेको साईमन पार्टि प्यालेसमा छाँयाङकन गरियको म्युजिक भिडियोमा उल्लेखनिय दिदी बहिनिहरूको सहभागिता रहेको थियो । गायिका पार्वति जिसीको संगित रामजी पौडेलको शब्द रहेको गितमा गायिका तुलसि क्षेत्री, पार्वती जिसी , रामजि पौडेल र माया केसीको आवज रहेको छ । होम गुरूङको निर्देशन दुर्गा पौडेलको छाँयाङकनमा सम्पन्न म्युजिक भिडियोमा चर्चित मोडल लोमश शर्मा र तुलसि क्षेत्रीको दमदार नृत्य रहेको छ ।