पोखरा, १२ साउन/केपि कुमार जलन
कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराले अग्रज श्रष्टा, साधक तथा शिल्पी स्वर्गिय कल्याण शेरचनको ७७ औं जन्म जयन्तिको सन्दर्भमा शुक्रबार मानव सेवा आश्रम पोखरा २५ हेमजालाई सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा खाद्यन्य, सरसफाई सामाग्री सहित २० हजार बराबरको सहयोग प्रदान गरिएको प्रतिष्ठानका कार्यसमितिका सदस्य तुलसी क्षत्रीले जानकारी दिइन् । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, कार्यसमितिका सदस्य शिवहरि ढुंगाना मानव सेवा आश्रमका अभियन्ता मदन थापाले नेपाली गीत संगीत तथा लोक संस्कृतिलाई अहिलेको अवस्थामा ल्याउन कल्याण शेरचन जस्ता श्रष्टाको योगदान रहेको बताए ।
‘लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बानाऔं’ भन्ने नाराका साथ प्रतिष्ठानले राष्ट्रिय खुल्ला दोहोरी, मादल बादन तथा राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता गरेको छ । प्रतिष्ठानले नेपाली लोक बाजा संग्रहालय स्थापना गर्ने योजना अगाडी सारेको उपाध्यक्ष गुरुङले जानकारी दिए ।