बागलुङ नगरपालिका ४ नं. वडामा मेलमिलाप केन्द्र स्थापना

-


     कालिका दर्शन     
     श्रावण १५ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका भित्रका १४ ओटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापनालाई अभियानकै रुपमा अगाडी बढाएको न्यायिक समिति, बागलुङले सोमबार ४ नम्बर वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । यो संगै नगरका १३ वडाहरुमा मेलमिलाप केन्द्रहरु स्थापना भएका छन । सो वडामा बाबुराज कार्कि संयोजक ताराकान्त आचार्य, डिल्लिप्रसाद सापकोटा, मोहम्मद हेदायत हुसेन, दुर्गा देवी शर्मा सदस्य रहनु भएको छ । वडा अध्यक्ष कुमार विक्रम क्षेत्रिको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य ज्योति केसी विष्टले सहभागीहरुलाई स्वागत गर्नु भयो ।
सो अवसरमा न्यायिक समिति संयोजक एवं नगर उप–प्रमुख राजु खड्काले आफ्नो भनाई राख्दै विवादको दिगो समाधान भनेकै मेलमिलाप हो । पर्याप्त छलफल र संवादले पक्षहरुलाई मेलमिलापमा सहमति गर्न सकिने विश्वास व्यक्त गर्नु भयो । उहांले सामाजिक सेवाको अभियन्ता मेलमिलाप कर्ताहरु रहेको बताउदै जसले समाज र परिवारलाई नयां जिबन जिउने कला सिकाउने सामर्थ राख्छन । यति महत्वपूर्ण भूमिकामा रहेका मेलमिलाप कर्ताहरुको आचरण, अनुशाषन निष्पक्ष र परिपक्कपनलाई सालिनता पूर्वक प्रदर्शन गर्नु पर्नेमा पनि जोड दिनु भयो ।
कार्यक्रममा न्यायिक समिति सदस्य ज्ञानेन्द्र गौतम, मेलमिलाप केन्द्र संयोजक बावुराज कार्किले वडा मेलमिलाप केन्द्रको काम, कर्तब्यको बारेमा आफ्ना अनुभव र धारणा राख्नु भएको थियो ।