चर्चित गायीका समीक्षा अधिकारी र कृष्ण सुवेदीको तीज गीत चरित्रहिन (३) सार्बजनिक

-


     कालिका दर्शन     
     श्रावण १६ गते २०८० मा प्रकाशित


केपि कुमार जलन बागलुङ/ संचारकर्मि गायक कृष्ण सुबेदीको तिजगित चरित्रहिन ३ सार्वजानिक भएको छ हरितालीका तिज नजिकिदै गर्दा धमाधम तिज गित सार्वजानिक हुने क्रम बढेको छ ,विशेष गरि महिलाहरूको महान पर्व हरितालीका तिजको अबसर पारेर कलाकारहरूले तिजगित बजारमा ल्याउने,गरेका छन कति गितले,माया प्रेमको यथार्त लाई उठान गरेका छन भने कति गितले नारीका बेदना देखी चरित्रहिन श्रिमान र श्रिमतिकै यथार्त घटनालाई गित मार्फत प्रस्तुत गरेका हुन्छन यसै क्रममा संचारकर्मि गायक सर्जक कृष्ण सुबेदीको तिजगित चरित्रहिन ३ ले समाजको एक यथार्तलाई चित्रण गरेको छ
बिगतको बर्षामा पनि चरित्रहिन १ ले दिएको अपार माया कै कारण भाग ३ सम्म आईपुगेको सुवेदी ले बताउछन । अहिलेको चरित्रहिन मा कृष्ण सुवेदी को अलवा समिक्षा अधिकारी ,प्रिति आले र बाल प्रतिभा उनकै छोरा अनुरोध सुबेदि को आवाज रहेको छ भने म्युजिक भिडियोमा आसिर प्रताप जङ्ग , पबि सुवेदि , अनुरोध सुवेदीको मुख्य भुमिका रहेको छ सर्जक तथा गायक कृष्ण सुवेदि ले आफै ले निर्देशन गरेको तीज गीत चरित्रहिन ३ समाज को यथार्थ घटना मा आधारित छ , तीज मा श्रीमती लाई फकाई फकाई माइत पठाएर आफु अरु सङ्ग रोमान्स गरेको पुरुष को चरित्र माथि गीत को भाबले छर्लङ्ग देखायको छ, उक्त गितको म्युजिक भिडियो कृष्ण सुवेदि अफिसियल युट्युब च्यानल बाट सार्बजनिक भएको छ ।