बागलुङ नगरपालिकामा अनुदानको मलको मूल्य निर्धारण

-


     कालिका दर्शन     
     श्रावण १७ गते २०८० मा प्रकाशित


कृषकका लागि नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको ब्यवस्थापनलाई प्रभावकारी रुपमा बितरणका लागि गठित स्थानीय समितिले बागलुङ नगरपालिकामा मलको मूल्य सूचि निर्धारण गरेको छ । स्थानीय समितिका संयोजक एवं नगर उप–प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगर क्षेत्रमा मल बिक्रेता र कृषकले पाउने मुल्य निर्धारण गरेको छ ।यसै गरी कृषकलाई आवश्यक पर्ने मल पर्याप्त स्टक रहेको बागलुङ नगर पालिकाले जनाएको छ ।

हेर्नुहोस मुल्य सूचि

यसै गरी सोही बैठकले बागलुङ नगरपालिकाको प्रत्येक वडाहरुमा अनुदानको मल बितरण कार्यलाई व्यवस्थित गरी कृषकहरुलाई सहज रुपमा मल उपलब्ध हुने व्यवस्थापनका लागी इच्छुक सहकारी, कम्पनीको लागि सुचना आह्वान गर्ने निर्णय गरेको नगर उप प्रमुख खड्काले जानकारी दिनु भयो ।