बागलुङ,ताराखोलाकी नीरमाया श्रीस सहित २२ माओबादी केन्द्रीय सदस्य मनोनित

-


     कालिका दर्शन     
     श्रावण १९ गते २०८० मा प्रकाशित


नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्यमा मनोनीत भएका छन । पार्टीको जारी चौथो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् । मनोनित नीरमाया श्रीस ताराखोला गाउपालिका निवासी हुन । उनि यस अघि बैकल्पिक केन्द्रीय सदस्य थिइन ।

त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् ।