बडिगाड गाउंपालिकाले शुक्रबार देखि एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा कार्यक्रम संचालनमा ल्याएको छ । पालिकाको वार्ड नं.२ को आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सेवा प्रारम्भ गरिएको अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनु भयो । अध्यक्ष अधिकारीका अनुसार यो कार्यक्रमबाट गर्भवतिहरुको लागि निशुल्क भिडियो एक्स रे सेवा (ग्रामिण अल्ट्रासाउण्ड सेवा RUSG), ANC प्याकेज जाँच, शंकास, स्वास्थ्य जाच तथा उपचार, मलेरियाको लागि रगत परिक्षण, परिवार योजना सेवा -इम्प्लान्ट सेवा, पाठेघरको मुखको क्यान्सर जाँच VIA सेवा,डेङ्गीरोग सम्बन्धी search and destroy कार्यक्रम, मधुमेह रोगको लागि रगत परिक्षण तथा उपचार, तौल अनुगमन, स्वास्थ्य शिक्षा लगायतका सेवा लिन सकिन्छ । अहिले खर्वाङबाट शुरु भएको कार्यक्रम अन्य वडाहरुमा पनि संचालन गरिने छ । यो कार्यक्रम वडाका टोल टोलमा पुगेर दिइन्छ । यो कार्यक्रमपछी जघन्य रोग देखिएमा नाम संकलन गरी विशेषज्ञ सेवा समेत दिने गरी तयारी गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।