बागलुङमा अनुदानको मलको मुल्य सूचि पसल पसलमा टासियो

-


     कालिका दर्शन     
     श्रावण २१ गते २०८० मा प्रकाशित



बागलुङ नगरपालिकाले अनुदानको मल विक्रीका लागि नगर क्षेत्रमा मूल्य सूचि निर्धारण गरेपछी त्यसको कार्यान्वयनका लागि सम्पूर्ण विक्रेताहरुमा अनुरोध गरेको छ । कृषकका लागि सरकारले अनुदानका लागि उपलब्ध गराएको मल बितरणका लागि गठित स्थानीय समितिका संयोजक एवं नगर उप प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले केही दिन अगाडी सहकारी तथा एग्रोभेटहरुलाई मल विक्री गर्दा लगाइने मूल्य सूची निर्धारण गरेको थियो ।
यसै गरी सो समितिले तोकेको मूल्य सूचि सम्पूर्ण विक्रेताहरुको पसलहरुमा उपभोक्ताहरुले देख्ने गरी टांस गरिएको र तोकिएको मूल्य सुचि अनुसारको विक्री बितरण भए नभएको नियमित अनुगमन गरिने नगर उप प्रमुख राजु खड्काले बताउनु भयो । विक्रेताहरुको पसलमा मुल्य सूचि विवरणको फ्लेक्स नगर प्रमुख, उप प्रमुख सहित साल्ट ट्निङ, उपभोक्ता मन्च, कृषि ज्ञान कार्यालय, कृषि शाखा लगायत कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको सहभागितामा बितरण गरिएको छ ।


स्थानिय समितिले बानपा १,२ र ३ मा युरिया २० रुपैया ५८ पैसा र बोराको १०२९ रुपैया तथा बानपा १२ र १३ मा २२ रुपैया २ पैसा तथा बोराको ११०१ रुपैया निर्धारण गरिएको छ । डिएपि मलको बानपा १,२ र ३ मा ४९ रुपैया ५८ पैसा तथा बोराको २४७९ रुपैया निर्धारण गरिएको छ । बानपा १२ र १३ मा ५१ रुपैया २ पैसा तथा बोराको २५५१ रुपैया निर्धारण गरिएको छ ।
यसै गरी पोटास बानपा १,२ र ३ मा ३७ रुपैया ५८ पैसा तथा बोराको १८७९ निर्धारण गरिएको छ । बानपा १२ र १३ मा ३९ रुपैया २ पैसा तथा बोराको १९५१ रुपैया निर्धारण गरिएको छ ।