म्युजिक भिडियो कलाकार संघको अध्यक्षमा सम्झना बुढाथोकी

-


     कालिका दर्शन     
     श्रावण २१ गते २०८० मा प्रकाशित



केपि कुमार जलन/ म्युजिक भिडियो कलाकार संघ नेपालको छैटौ साधारण सभा तथा तेस्रो अधिबेशन किम्चि रेष्टुरेण्ट सभाहल,अनामनगरमा सम्पन्न भएको छ l संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन ” बाट चर्चित मोडल सम्झना बुढाथोकी निर्बिरोध अध्यक्षमा रुपमा निर्वाचित भएकी छिन् ,

यस्तै संघको अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम उपाध्यक्ष पदमा शिवन पोखरेल निर्वाचित भएका छन, महिला उपाध्यक्षमा मञ्जिता केसी , महासचिवमा सुनिल लामिछाने, सचिवमा बिमल अधिकारी , महिला सचिवमा सारिका केसी ,कोषाध्यक्षमा देबेन्द्र क्षत्री निर्वाचित भएका छन् ।
त्यस्तै
खुल्ला सदस्य पदमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम अत्याधिक मतले बिजयी भएका छन् , महिला सदस्यमा उषा सुबेदी र सञ्चिता शाही अत्याधिक मतले बिजयी भएका हुन् ।