दक्षिण एसियाली आइटिएफमा नेपाललाई २२ स्वर्ण सहित ६२ पदक प्राप्त

-


     कालिका दर्शन     
     श्रावण २१ गते २०८० मा प्रकाशित


भारतको हैदरवादमा अगष्ट ४ तारिकदेखि ६ तारिक सम्म सञ्चालन भएको दक्षिण एसियाली च्याम्पिएनसिप आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरेका छन । सो प्रतियोगितामा नेपालले २२ स्वर्ण पदक जित्न सफल भएको नेपाल आइटिएफका निवर्तमान अध्यक्ष एवं राखेप वोर्ड सदस्य अन्जन धमलाले जानकारी दिनु भयो । सो प्रतिस्पर्धामा नेपाली खेलाडीहरुले १५ रजत र २५ काश्य पदक गरी ६२ पदक जितेको नेपाल आइटिएफका अध्यक्ष प्रविण कुमार कार्किले बताउनु भयो ।
उक्त प्रतियोगितामा भारतीय खेलाडीहरुले पहिलो तथा बंगलादेशका खेलाडीहरुले तेस्रो स्थान प्राप्त गरेका छन । सो प्रतिस्पर्धामा नेपालबाट ५१ खेलाडी सहित ७१ सदस्यीय टोली भारत प्रस्थान गरेको महासचिव अन्जु रावतले जानकारी दिनु भयो ।
दोस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीलाई हाम्रो हार्दिक बधाई ।