बागलुङ जिल्ला क्रिकेट संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य

-


     कालिका दर्शन     
     श्रावण २४ गते २०८० मा प्रकाशित


बागलुङ/ २०७४ सालमा जिल्ला क्रिकेट विकास समिति गठन भए पश्चात २०७९ माघमा आएर मात्र नेपाल क्रिक्रेट संघ (क्यान) को मान्यता पाएको बागलुङ जिल्ला क्रिकेट संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशन
मंगलबार सम्पन्न भएको छ । साधारणसभा तथा प्रथम अधिवेशनको गण्डकी क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले उद्घाटन गर्नु भएको थियो ।
मंगलबार सम्पन्न संघको प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले विष्णुप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।सो समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर्मा चयन भएका छन् । सदस्यहरुमा डिल बहादुर केसी, दिपेन्द्र खड्का, अर्जुन कार्की, अभिषेक कट्वाल क्षेत्री, गणेश महतो प्रदिप खत्री र खिम बहादुर थापा चयन भएका छन्
बागलुङ जिल्ला क्रिकेट संघ तदर्थ समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा जिल्ला सदस्य अविषेक कट्वालले स्वागत मन्तव्य र सदस्य गणेश महतोले संचालन गरेका थिए ।