आंखा पाक्ने रोग फैलिदै गएपछी बानपाका विद्यालय ३ दिनलाई बन्द

-


     कालिका दर्शन     
     श्रावण २६ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाले देशका बिभिन्न भागमा फैलिरहेको आंखा पाक्ने रोगको सङ्क्रमण नगरपालिका भित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्धेश्यले नगर भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई ३ दिन बिदा दिने निर्णय गरेको छ । बिद्यालयहरु सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएकाले र यसको सङ्क्रमणबाट बालबालिका, वृद्धाबृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु छिटो प्रभावित हुने भएकाले बिद्यालयहरु केही दिनलाई बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।
आंखामा संङ्क्रमण देखिएमा भिडभाड हुने स्थानहरु, बिद्यालय, पार्क लगायतका स्थानमा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ । बागलुङ नगरपालिका अन्तर्गत संञ्चालित सम्पूर्ण विद्यालयहरुमा साउन २६ देखि २८ गतेसम्म पठनपाठन बन्द गर्ने र सो समयमा विद्यालयसंग सम्बन्धित कुनै पनि कार्यक्रमहरु विद्यार्थि भेला गराई संञ्चालन नगर्नु हुन र विद्यालयमा डेंगु रोग र आंखा सम्बन्धी रोगबारे बिद्यार्थिहरुलाई सचेत गर्न गराउन समेत नगरपालिकाले सुचित गरेको छ ।