पञ्चकोटमा विशाल धान्याचल सहितको ब्रह्रमाण्डीय महायज्ञको तयारी

-


     कालिका दर्शन     
     श्रावण २७ गते २०८० मा प्रकाशित



प्रसिद्ध पर्यटकिय क्षेत्र बागलुङ नगरपालिका स्थित वडा नं. ६ मा अवस्थित सर्वसिद्धिधाम, पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म नेपालमै पहिलोपटक अभूतपूर्व धान्याचल सहित अनन्तश्री ब्रह्रमाण्डीय महायज्ञ २०८० हुने भएको छ । सो अवसरमा धन्याचलको मौलो जमिनमुनि ६ फिट र जमिनमाथि २५ फिटको हुने छ । उक्त मौलो श्रीपञ्चमहालक्ष्मीको प्रतिकस्वरुप भएकाले त्यसलाई पञ्चश्रीस्तम्भ भनिएको र उक्त मौलो पुर्नका लागि करिव २१ हजार ५ सय ५५ क्विन्टल धान लाग्ने आयोजकले अनुमान गरेको छ । यसरी बृहत रुपमा संचालन हुन लागेको धान्याचल ठूलो, विशेष र फरक हुने पनि आयोजकको दावी छ ।
ब्रह्माण्डका देवीदेवताहरुलाई आह्वान गरी सम्पादन हुने धान्याचल श्रीमहायज्ञले धनधान्यकी देवी लक्ष्मीको प्रशन्नताद्धारा देवदेश श्रीनेपालको श्रीसमृद्धि र नेपालीजनमा सुख र शान्ति प्राप्त हुने विश्वास आयोजकको छ । दैविक प्रेरणाद्धारा अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराजको सत्सड्ढपमा १५ दिवसीय महायज्ञ संचालन हुन लागेको हो ।
उक्त महायज्ञमा राष्ट्यि तथा अन्तराष्ट्यि सनातन बैदिकधर्म, बौद्धधर्म संरक्षण तथा नेपालआमा सम्मान लगायतका विविध सम्मेलनहरु संचालनको तयारी गरिएको छ ।

महायज्ञमा दैनिक योग शिविर, श्रीमद्भागवत महापुराण, अन्य पुराणहरु, रामायण, महाभारत आदि पारायण, हवन, अर्चना आदी कार्यक्रम संचालन हुनेछ । शक्तिसम्वर्धनका लागि विशेष भगवत् आराधाना, मन्त्रजप, ध्यान, तथा मन्त्रलेखन, संगीतमय श्रीमद्भागवत कथाप्रवचन, सहयोगी सम्मान, विभिन्न राष्ट्यि सम्मेलन, प्रतियोगिता, प्रवचन, आरती र तीर्थप्रसाद वितरण हुनेछन ।
हरेक सांझ राष्ट्यि कलाकारहरुबाट सांगीतिक भजन, देवलीला झांकी, तथा चेतनामूलक नाटक प्रदर्शन गरिने छ । सो अवसरमा शुद्धस्वर्णदान, अष्टधातु तुलादानका साथै अन्न, बस्त्र, घृत, तैल, सरकरा दान गर्न सकिने पनि आयोजकले जनाएको छ ।